सप्तरीमा पेस्तोलसहित दुई पक्राउ « Khabarhub

सप्तरीमा पेस्तोलसहित दुई पक्राउ


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– राजविराज नगरपालिकाबाट आज दुई युवकलाई नलकटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।

हातहतियार खरखजाना मुद्दामा ११ महिना कारागारमा थुनामा रहिसकेका विष्णुपुर गाउँपालिका–७ का २० वर्षीय महेशकुमार शर्मासहित दुई युवकलाई पक्राउ गरिएको प्रहरीले आज पत्रकार सम्मेलन गरी जनाएको छ ।

राजविराजमा स ७ प ९६७० नम्बरको मोटरसाइकलमा घुमिरहेका चालक शर्मा र मोटरसाइकल पछाडि सवार विष्णुपुर–५ का १९ वर्षीय प्रमोद साहलाई राजविराज–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

विशेष सूचना पाएका जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय राजविराजको टोलीले उनीहरुलाई एक थान कटुवा पेस्तोल र दुई थान गोलीसहित पक्राउ गरेको जनाइएको छ ।

शर्माका साथबाट २०७४ जेठ १३ गते पनि एक थान कटुवा पेस्तोल र सोमा लाग्ने तीन थान गोली फेला परेको थियो । उक्त मुद्दामा शर्मा ११ महीना कैदमा बसेको थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ४ : १७ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब