फेसबुकमाथि सूचना चुहाएको आरोप– ५ अर्ब डलर जरिवाना हुन सक्ने « Khabarhub

फेसबुकमाथि सूचना चुहाएको आरोप– ५ अर्ब डलर जरिवाना हुन सक्ने


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बेलाबेला विभिन्न आरोप खेप्दै आएको सामाजिक सञ्जाल फेसबुकमाथि फेरि अर्कोको आरोप लागेको छ । आफ्ना प्रयोगकर्ताहरुको व्यक्तिगत सूचना चोरेको आरोप खेप्दै आएको फेसबुकमाथि प्रयोगकर्ताको गोप्यतामाथि सम्झौता गरेको अर्को आरोप लागेको छ ।

मेरिकाको फेडरल ट्रेड कमिसन (एफटीसी) मा फेसबुकविरुद्ध स्वास्थ्य सम्बन्धी तथ्यांक चुहाएको भन्दै उजुरी परेको छ । यो उजुरी अनुसार फेसबुकमाथि ५ बिलियन डलर अर्थात ५ अर्ब डलर जरिवाना हुन सक्ने बताइएको छ ।

यदि फेसबुकले यति ठूलो जरिवाना तिर्नु पर्ने अवस्था आयो भने यो उसको करिब एक महिनाको आम्दानी बराबरको क्षति हुनेछ । यसैलाई मध्यनजर गर्दै फेसबुकले डाटा प्राइबेसीसँग जोडिएका मुद्दा हेर्न कानूनी खर्चका लागि २ अर्ब भन्दा बढी बजेट छुट्याएको छ ।

यदि फेसबुकले यो मुद्दामा पराजय व्यहोरेमा फेसबुकका लागि यो अहिलेसम्मकै सबै भन्दा ठूलो जरिवाना हुनेछ । एफटीसीले यसअघि सन् २०१२ मा एक मामिलामा गुगलमाथि दुई करोड २५ लाख डलरको जरिवाना तिराएको थियो ।

फेसबुकमाथि यस्ता आरोप लाग्दै गर्दा पनि शेयर कारोबारमा भने असर परेको छैन । गत बुधबारमात्रै फेसबुकको शेयर १० प्रतिशतले वृद्धि भएको थियो ।
स्वास्थ्यसम्बन्धी तथ्यांक चोरी भएको घटना गत जुलाईमा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १ : ३६ बजे

 च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?

काठमाडौं- नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ- खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्की