फेसबुकमाथि सूचना चुहाएको आरोप– ५ अर्ब डलर जरिवाना हुन सक्ने | Khabarhub Khabarhub

फेसबुकमाथि सूचना चुहाएको आरोप– ५ अर्ब डलर जरिवाना हुन सक्ने


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बेलाबेला विभिन्न आरोप खेप्दै आएको सामाजिक सञ्जाल फेसबुकमाथि फेरि अर्कोको आरोप लागेको छ । आफ्ना प्रयोगकर्ताहरुको व्यक्तिगत सूचना चोरेको आरोप खेप्दै आएको फेसबुकमाथि प्रयोगकर्ताको गोप्यतामाथि सम्झौता गरेको अर्को आरोप लागेको छ ।

मेरिकाको फेडरल ट्रेड कमिसन (एफटीसी) मा फेसबुकविरुद्ध स्वास्थ्य सम्बन्धी तथ्यांक चुहाएको भन्दै उजुरी परेको छ । यो उजुरी अनुसार फेसबुकमाथि ५ बिलियन डलर अर्थात ५ अर्ब डलर जरिवाना हुन सक्ने बताइएको छ ।

यदि फेसबुकले यति ठूलो जरिवाना तिर्नु पर्ने अवस्था आयो भने यो उसको करिब एक महिनाको आम्दानी बराबरको क्षति हुनेछ । यसैलाई मध्यनजर गर्दै फेसबुकले डाटा प्राइबेसीसँग जोडिएका मुद्दा हेर्न कानूनी खर्चका लागि २ अर्ब भन्दा बढी बजेट छुट्याएको छ ।

यदि फेसबुकले यो मुद्दामा पराजय व्यहोरेमा फेसबुकका लागि यो अहिलेसम्मकै सबै भन्दा ठूलो जरिवाना हुनेछ । एफटीसीले यसअघि सन् २०१२ मा एक मामिलामा गुगलमाथि दुई करोड २५ लाख डलरको जरिवाना तिराएको थियो ।

फेसबुकमाथि यस्ता आरोप लाग्दै गर्दा पनि शेयर कारोबारमा भने असर परेको छैन । गत बुधबारमात्रै फेसबुकको शेयर १० प्रतिशतले वृद्धि भएको थियो ।
स्वास्थ्यसम्बन्धी तथ्यांक चोरी भएको घटना गत जुलाईमा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १ : ३६ बजे

कञ्चनपुरमा सबैभन्दा बढी वर्षा : सतर्कता अपनाउन आग्रह

कञ्चनपुर – पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा धेरै पानी परेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज साउन महिनाको पहिलो सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल साउन ५ गते सोमबार। साउन

आज २०८२ साल साउन ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ५ गते सोमबार। साउन

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल