मिथुनको उतारचढावपूर्ण अभिनय र राजनीतिक करियर « Khabarhub

मिथुनको उतारचढावपूर्ण अभिनय र राजनीतिक करियर


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड र बंगाली फिल्मका दिग्गज अभिनेता मिथुन चक्रवर्तीले पश्चिम बंगालमा चुनावी सरगर्मीका बीच भारतीय जनता पार्टी प्रवेश गरेका छन् ।

कोलकाताको बिग्रेड मैदानमा प्रधानमन्त्री नरेन्द्र मोदीको विशाल र्याली अघि मिथुनले बीजेपीको सदस्यता लिए । उनले बंगाल चुनावमा पार्टीका लागि समर्थन जुटाउने प्रतिबद्धता व्यक्त गरे ।

लामो समयदेखि बंगालमा एक राम्रो अनुहारको खोजी भइरहँदा मिथुनको आगमनले बीजेपीका नेता खुशी छन् ।

आजतकमा प्रकाशित समाचार अनुसार मिथुनको फिल्मी र राजनीतिक करियर निकै उतारचढावपूर्ण छ । दुवै क्षेत्रमा उनले निकै संघर्ष गरेका छन् ।

उनले अभिनयमा सफलता पाएपनि राजनीतिलाई चाहिँ बिचैमा छोड्नुपर्यो । मिथुनले सन् १९७६ मा रिलिज फिल्म ‘मृगया’बाट डेब्यू गरेका थिए । यो फिल्मका लागि उनले ‘बेस्ट एक्टर’को राष्ट्रिय अवार्ड जितेका थिए ।

तर मिथुनका लागि संघर्ष नै वास्तविक पहिचान बन्यो । पहिलो फिल्म सुपरहिट भए पनि यी अभिनेताले निकै संघर्ष गर्नुपर्यो । उनी तीन वर्षसम्म राम्रो भूमिकाको खोजीमा थिए ।

त्यो समयमा अमिताभ बच्चन, राजेश खन्ना र जितेन्द्र जस्ता कलाकार हिट थिए । त्यसबेलाका फिल्ममा यी कलाकार अनिवार्यजस्तै थिए ।

तर सन् १९७९ मा मिथुनको करियरमा पुनः पासा पल्टियो र उनले फिल्म ‘सुरक्षा’मा अभिनयको मौका पाए । फिल्ममा उनले रञ्जीतासँग रोमान्स गरेका थिए ।

वास्तविकतामा मिथुनको पीडा ठूलो थियो । उनलाई अनुहारको रंगकै कारण कतिपय फिल्ममा लिइएको थिएन । यही समयमा उनी एउटा यस्तो फिल्मको खोजीमा थिए, जहाँ दर्शकको नजर उनको नृत्य र खुट्टामा परोस् ।

सन् १९८२ को समयमा उनले धेरै फिल्ममा अभिनय गरे । यही बेला उनले डिस्को डान्सरको पहिचान बनाए ।

अभिनयमा पहिचान बनाइरहँदा सन् २०११ मा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले चुनाव जितेपछि मिथुनलाई आफ्नो पार्टीमा आउन निम्तो दिइन् ।

मूलधारको फिल्ममा अभिनय कम गरिरहँदा मिथुनलाई आएको प्रस्तावलाई स्वीकार्दै उनी टीएमसीमा गए । यही समयमा उनले राज्य सभामा सांसदका रुपमा जाने निर्णय नै लिए ।

टीएमसीबाट उनले राजनीतिक यात्रा सुरु गरे पनि उनको राजनीति केवल सीमित मात्र रह्यो । टीएमसीले पनि उनीप्रति धेरै चासो देखाएन र मिथुन पनि यसमा दिलचस्पी भएनन् ।

यसपछि जब शारदा चिटफण्ड घोटालामा उनको नाम जोडियो, त्यो समयमा उनले राजनीतिबाट सन्यास लिने अनुमान धेरैले लगाएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : ३० बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको