वेब सिरिजमा ‘दबंग’ सोनाक्षी « Khabarhub

वेब सिरिजमा ‘दबंग’ सोनाक्षी


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड फिल्म ‘दबंग’ हेर्नुभएको छ भने सलमान खानको ‘चुलबुल पाण्डे’ र अभिनेत्री सोनाक्षी सिन्हाको ‘रज्जो’ चरित्र अवश्य सम्झिनुभएको होला ।

यो फिल्ममा प्रहरी अधिकृतको भूमिकामा सलमान देखिँदा उनकी ‘रज्जो’ अर्थात् सोनाक्षी भने सलमानको श्रीमतिको भूमिकामा थिइन् ।

अमर उजालामा प्रकाशित समाचारअनुसार अब यिनै ‘रज्जो’ अर्थात् सोनाक्षी अब मोबाइलको स्क्रिनमा दबंग प्रहरी अधिकृतको भूमिकामा देखिँदैछिन् ।

एक निर्माणाधिन वेब सिरिजमा प्रहरी अधिकृत बनेकी सोनाक्षीको यो लुक्स अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर निर्माण युनिटले सार्वजनिक गरेको छ ।

यो वेब सिरिजको निर्माता फरहान अख्तर र जोया अख्तर हुन् । फरहानको कम्पनी एक्सले मिडिया एण्ड इन्टरटेनमेन्ट र उनकी बहिनी जोयाको कम्पनी टाइगर बेबीले गत वर्ष लकडाउन खुकुलो भएपछि गोवामा एक वेब सिरिजको सुटिङ शुरु गरेकी थिइन् ।

रिमा कागती र रुचिका ओबेरोयको संयुक्त निर्देशनमा बनेको यो सिरिज सोनाक्षीको लागि ‘डिजिटल डेब्यू’ हो । ३३ वर्षीया सोनाक्षीको पछिल्लो फिल्म ‘घूमकेतू’ हो, जुन ओटीटी प्लेटफर्मममा रिलिज भइसकेको छ । यो फिल्मको सुटिङ सोनाक्षीले ‘लुटेरा’को समयमा गरेकी थिइन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १२ : २४ बजे

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आयोजित ‘राजधानी मार्च’ (तस्बिरहरू)

काठमाडौं– लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका