अभिनयसँगै खेलकुदमा अब्बल अजीत कुमार « Khabarhub

अभिनयसँगै खेलकुदमा अब्बल अजीत कुमार


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– दक्षिण भारतीय सुपरस्टार अजीत कुमार अभिनयमा जति अब्बल छन्, खेलकुद गतिविधिमा पनि उनी उत्तिकै अब्बल ठहरिन्छन् ।

कार रेसिङदेखि लामो दुरीसम्म साइकल चलाउने काममा यी अभिनेताले जोकोहीलाई प्रेरित गर्न सक्छन् । अहिले अजितले एउटा खेलमा सबैलाई चकित बनाएका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार उनले एक सुटिङ च्याम्पियनशिपमा ४ स्वर्ण पदक र दुई रजत पदक जितेका छन् । सामाजिक सञ्जालमा अजीतलाई स्वर्ण पदक दिइरहेको एक भिडियो भाइरल भइरहेको छ ।

यो भिडियो तमिलनाडु स्टेट सुटिङ च्याम्पियन कम्पीटिसनको हो, जहाँ अजीतले सहभागिता जनाएर कैयौं मेडल आफ्नो नाममा पारे ।

सुटिङ अघि अजीतले प्रोफेशनल रेसरको पहिचान बनाइसकेका छन् । उनले कैयौं कार रेसिङ प्रतियोगितामा भाग लिएका छन् । फर्मुला रेसिङमा सहभागिता जनाउने उनी सायदै कम भारतीयमा पर्दछन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १२ : ५५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु