इन्स्टाग्राममा अभिनेतालाई पछि पार्ने यी अभिनेत्री | Khabarhub Khabarhub

इन्स्टाग्राममा अभिनेतालाई पछि पार्ने यी अभिनेत्री


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– एक समय थियो, फिल्म दुनियाँमा अभिनेताहरुको धेरै बोलवाला चल्थ्यो । बलिउडमा तीन खान मात्र चर्चित मानिन्थे । तर अहिले अवस्था फेरिएको छ ।

बलिउडमा यस्ता केही अभिनेत्री छन्, जसले तीन खानलाई पछाडि पारेका छन् । बलिउडमा चार अभिनेत्रीको सामाजिक सञ्जाल फलोअरकाे संख्या अभिनेताको भन्दा धेरै अगाडि छ ।

अमर उजालामा प्रकाशित समाचारअनुसार बलिउडकी ‘देसी गर्ल’ प्रियंका चोपडाको अभिनय यात्रा हलिउडसम्म पुगिसकेको छ । उनले सन् २००३ मा फिल्म ‘द हिरो’बाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् ।

इन्स्टाग्राममा प्रियंकाको फलोअर ६० दशमलब ९ मिलियन छ, यो संख्या अन्य भारतीय सेलिब्रेटीको भन्दा अधिक हो । उनीभन्दा अगाडि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको फलोअर संख्या १०० मिलियन छ ।

अर्की अभिनेत्री श्रद्धा कपुर सामाजिक सञ्जालमा सक्रिय अभिनेत्रीमा पर्छिन् । उनको इन्स्टाग्राममा फलोअरको संख्या ५८ दशमलब ३ मिलियन छन् ।

केही समय अघि मात्र श्रद्धा यो सूचीमा प्रियंका चोपडा, दीपिका पादुकोण र आलिया भट्ट भन्दा पछाडि थिइन् । अहिले उनी दीपिका र आलियालाई पछि पार्दै दोस्रो नम्बरमा उक्लिएकी छन् ।

अभिनेत्री दीपिका पादुकोणको इस्टाग्राममा ५२ दशमलब ४ मिलियन फलोअर छन् । उनको फिल्मी पारिश्रमिक पनि कुनै अभिनेताको भन्दा कम छैन ।

अभिनेत्री आलिया भट्टको इन्स्टाग्राममा ५१ दशमलब १ मिलियन फलोअर छन् । सामाजिक सञ्जालमा सक्रिय आलियाले फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट अभिनयमा डेब्यू गरेकी थिइन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  २ : २० बजे

अवरुद्ध सडक खुलाउन सरकारको पहल सुरु

काठमाडौं– मुलुकका विभिन्न स्थानमा  पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले

वीरगञ्ज महानगरले पुनःनिर्माणका लागि छुट्यायो ३० अर्ब

वीरगञ्ज – वीरगञ्ज महानगरले चालु आर्थिक वर्ष २०८२-८३ का लागि

जेन-जी आन्दोलनमा क्षतिग्रत सरकारी संरचनाको परिक्षण

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाको सरसफाइका

कर्णालीका ४२ ठाउँमा चाडपर्व लक्षित सुपथ पसल

काँक्रेविहार– कर्णालीमा चाडपर्व लक्षित ४२ वटा सुपथ मूल्य पसल सञ्चालनमा

रुसी आक्रमणमा तीन जनाको मृत्यु, १३ जना घाइते

एजेन्सी–  युक्रेनका अधिकारीहरूले जानकारी दिएअनुसार, डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सेनाको रातभरको