कस्तो होला ‌एफ सिरिज अन्तर्गतको ओपोको नयाँ मोबाइल ? « Khabarhub

कस्तो होला ‌एफ सिरिज अन्तर्गतको ओपोको नयाँ मोबाइल ?


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोबाइल उत्पादक कम्पनी ओपोले एफ–सिरिज अन्तर्गतको फ्ल्यागशिप फोन बजारमा ल्याउने तयारी थालेको छ ।

कम्पनीले आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म मार्फत सुुरुवाती रुपमा “गेस दि ओपो स्टार” क्याम्पेनको थालनी गरेर यसबारेमा संकेत दिएको हो ।

टिजरहरु नियाल्दा आफ्नो नयाँ फ्ल्यागशिप मोडलका लागि कम्पनीले मल्टिपल स्टार्सका साथमा भव्य इभेन्ट गर्नेसमेत तयारी थालेको छ ।

नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक एफ(सिरिजका स्मार्टफोन ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा स्थापित छ ।

अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ १९ प्रो मार्फत थप अगाडि लैजाने तयारी थालेको छ । फोनमा प्रयोग हुने अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक नव्रबर्तनात्मक प्रविधिहरुका कारण ओपो एफ १९ प्रो ले एफ सिरिजको मात्र नभई समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाइमा लैजाने ओपोले लक्ष्य लिएको छ ।

एफ सिरिज अन्तर्गतको यो फोन सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ । यो फोनको उत्पादनका बारेमा कम्पनीले यसै महिना जानकारी गराउने आशा गरिएको छ ।

हालसम्म कम्पनीले ओपो एफ १९ प्रो का विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन । तर, सदाझैँ डिजाइनमा विशेष ध्यान दिँदै फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रबर्तनात्मक प्रविधिहरु प्नि नयाँ फोनमा समावेश गरिने आशा गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ४ : ४० बजे

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)