‘पठान’मा सलमानको २० मिनेटको एक्सन « Khabarhub

‘पठान’मा सलमानको २० मिनेटको एक्सन


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–यशराज प्रोडक्सनको स्पाई ड्रामा फिल्म ‘पठान’को छायांकन सुरु भइसकेको छ । फिल्मका लागि अभिनेता शाहरुख खानसँग सलमान खान आफ्नो हिस्साको सुटिङ सुरु गर्दैछन् ।

बलिउड हंगामामा प्रकाशित समाचारअनुसार फिल्ममा सलमानको प्रवेश केवल २० मिनेटका लागि भए पनि त्यो निर्णायक हुनेछ । २० मिनेटमा सलमानका कैयौं एक्सन दृश्य देख्न सकिने बताइएको छ ।

फिल्ममा सलमानको प्रवेश फिल्म ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ शैलीमा हुनेछ । ‘निर्माता आदित्य चोपडा फिल्ममा सलमानलाई टाइगर शैलीमा सही रुपमा प्रयोग गर्दैछन् । फिल्ममा सलमानको प्रवेश हुनासाथ थिएटरमा दर्शकले ताली र हुटिङले स्वागत गर्नेछन् ।’ फिल्म निकट स्रोतले भनेको छ ।

रुसमा छायांकन हुने एक्सन दृश्यमा सलमानको प्रवेश दुश्मन एजेन्टबाट शाहरुखलाई बचाउनका लागि हुनेछ । कतिले यो दृश्य क्लाइमेक्स हुने भने पनि फिल्म युनिटले त्यसलाई अस्वीकार गरेको छ ।

फिल्मको क्लाइमेक्समा शाहरुख, जोन अब्राहम र अभिनेत्री दीपिका पादुकोणबीचको द्वन्द्व रहनेछ । क्लाइमेक्स दुबईको बुर्ज खलीफाको टुप्पोमा खिचिनेछ । फिल्म जनवरी २०२२ मा रिलिज हुने चर्चा छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १२ : ४५ बजे

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर