बोल्ड दृश्य दिन सनीको यस्तो शर्त ! « Khabarhub

बोल्ड दृश्य दिन सनीको यस्तो शर्त !


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– इन्डो–क्यानेडियन पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोनी फिल्म भन्दा बढी निजी जीवनका कारण चर्चामा आइरहन्छिन् । उनको जीवनको अधिकांश समय विवादमै गुज्रिएको छ ।

सनी जति विवादमा तानिए पनि उनी ती विवादको डटेर सामना गरिरहन्छिन् । उनले भारतीय टेलिभिजनको चर्चित र विवादित रियालिटी शो ‘बिग बोस ५’बाट बलिउडमा पाइला चालेकी थिइन् ।

यो शोमा रहिरहँदा उनलाई अभिनेत्री, निर्माता तथा निर्देशक पुजा भट्टले फिल्म ‘जिस्म २’मा अनुबन्ध गराएकी थिइन् । सनीका लागि यो फिल्म ‘डेब्यू’ थियो ।

फिल्ममा उनले अभिनेता रणदीप हुड्डा र अरुणोदय सिंहसँग कैयौं बोल्ड र रोमान्टिक दृश्य दिएकी थिइन् ।

सनीले दुवै अभिनेतासँग बोल्ड दृश्य दिनका लागि एउटा अनौठो शर्त राखेकी थिइन्, जुन शर्त सुन्दा फिल्म युनिटका अन्य सदस्य चकित परेका थिए ।

कोईमोईमा प्रकाशित समाचारअनुसार सनीले बोल्ड दृश्य दिनका लागि रणदीप र अरुणोदयसँग एचआईभी परीक्षणको मेडिकल रिपोर्ट मागेकी थिइन् । उनले दुवै अभिनेताले रिपोर्ट देखाएमा मात्र आफू बोल्ड र रोमान्टिक दृश्य दिन तयार रहने बताएकी थिइन् ।

उनले आफ्नो शर्त बलिउडका चर्चित कलाकारलाई भने लागु नहुने जनाएकी थिइन् । ‘सनीले नयाँ कलाकारका लागि मात्र यो शर्त राखेकी थिइन् । उनले लामो समयसम्म आफूले सम्झौता गरेका प्रोजेक्टमा काम गर्नु अघि सबैलाई एचआईभी परीक्षण रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने शर्त राखेकी थिइन्’, सनी निकट स्रोतले भनेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ४ : ४० बजे

स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित

विष्णु पौडेलको हिरासत म्याद तीन दिन थप

काठमाडौं – सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका  पूर्वअर्थमन्त्री विष्णु प्रसाद

रास्वपा निर्वाचित छ पदाधिकारीको शपथ कहिले ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारीले

नियम विपरित कार्य गर्ने ८ लघुवित्त र तिनका पदाधिकारीमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष

विद्यार्थी संगठन हटाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना