आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडका लागि आवेदन आह्वान « Khabarhub

आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडका लागि आवेदन आह्वान


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२१ मा सञ्चालन गरिने आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला गरिएको छ ।

विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड जुनियर र सिनियर गरी दुई विधामा आयोजना गरिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

सोअन्तर्गत कक्षा ८–१० सम्मका विद्यार्थीले जुनियरमा आवेदन दिन सक्नेछन् भने ११–१२ का विद्यार्थीले सिनियरमा आवेदन दिन सक्नेछन् ।

ओलम्पियाडको पहिलो चरणको छनोट परीक्षा प्रादेशिकरुपमा चैत २८,२०७७ (अप्रिल १०, २०२१) शनिबार मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिने छ ।

प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो चरण (राष्ट्रिय चरण) मा सम्बन्धित प्रदेशका विद्यार्थीलाई सामेल गराइने सोसाइटीले जनाएको छ ।

यसैगरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ । तेस्रो चरणको मूल्याङ्कनमार्फत सहभागीलाई यो वर्ष सञ्चालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलम्पियाडका लागि सिफारिस गरिनेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : ४६ बजे

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको