अध्यक्ष दाहालले गरे देउवा र डा. भट्टराईसँग सत्ता समीकरणबारे छलफल « Khabarhub

अध्यक्ष दाहालले गरे देउवा र डा. भट्टराईसँग सत्ता समीकरणबारे छलफल


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणका लागि दलहरुसँगको भेटघाटलाई तीव्र बनाएका छन् ।

आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठक लगत्तै दाहलको दौडधुप तीव्र बनेको हो । बैठकलगत्तै उनी देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए ।

देउवासँगको भेटपछि उनी जनता समाजवादी (जसपा)का नेता डा. बाबुराम भट्टराई भेट्न उनकै निवास पुगेका थिए ।

दुबै नेताहरुसँगको भेटमा अध्यक्ष दाहालले नयाँ सरकार गठनका विषयमा छलफल गरेको बुझिएको छ । भेटमा उनीहरुबीच नयाँ सरकार गठन लगायत विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको जनाइएको छ ।

उनीहरुबीच अबको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा समेत छलफल भएको बुझिएको छ । भोलि संसद बैठक बस्दैछ सोही विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ ।

यसअघि आजै बसेका नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकार गठनबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समावादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले साविक नेकपाको नाम ऋषि कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपा (एमाले) र माओवादी केन्द्रलाई एकीकरण अघिकै अवस्थामा पुगेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : ४२ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय