अध्यक्ष दाहालले गरे देउवा र डा. भट्टराईसँग सत्ता समीकरणबारे छलफल « Khabarhub

अध्यक्ष दाहालले गरे देउवा र डा. भट्टराईसँग सत्ता समीकरणबारे छलफल


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणका लागि दलहरुसँगको भेटघाटलाई तीव्र बनाएका छन् ।

आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठक लगत्तै दाहलको दौडधुप तीव्र बनेको हो । बैठकलगत्तै उनी देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए ।

देउवासँगको भेटपछि उनी जनता समाजवादी (जसपा)का नेता डा. बाबुराम भट्टराई भेट्न उनकै निवास पुगेका थिए ।

दुबै नेताहरुसँगको भेटमा अध्यक्ष दाहालले नयाँ सरकार गठनका विषयमा छलफल गरेको बुझिएको छ । भेटमा उनीहरुबीच नयाँ सरकार गठन लगायत विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको जनाइएको छ ।

उनीहरुबीच अबको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा समेत छलफल भएको बुझिएको छ । भोलि संसद बैठक बस्दैछ सोही विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ ।

यसअघि आजै बसेका नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकार गठनबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समावादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले साविक नेकपाको नाम ऋषि कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपा (एमाले) र माओवादी केन्द्रलाई एकीकरण अघिकै अवस्थामा पुगेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : ४२ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज