बढ्न थाल्यो धुमपान गर्ने महिलाको संख्या | Khabarhub Khabarhub

बढ्न थाल्यो धुमपान गर्ने महिलाको संख्या


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुमपान स्वास्थ्यकालागी हानिकारक छ । यसले मानिसको मृत्युसम्म गराउन सक्छ । तथापी यसबारे जानकार भएर पनि अधिकाशं मानिस धुमपानको लतमा फस्ने गरेका छन् ।

विशेषत पुरुष त्यसमा पनि युवा र किशोर अवस्थाका पुरुष धुमपानको लतमा बढि देखिने गरेका छन् । झन् पछिल्लो समय केही महिलामा समेत धुमपानको लत बढ्दै गएको छ ।

केही बर्षअघिसम्म महिलाले धुमपान गर्ने क्रम कम थियो । तर पछिल्लो दशकमा भने धुमपान गर्ने महिलाको संख्या बढ्दो छ । अहिले कामकाजी र कार्यालयमा काम गर्ने महिला मात्र नभई केही गृहणीमा समेत धुमपानको लत बढ्दै गएको छ । किन बढे त धुमपान गर्ने महिला ?

एक दशक अघिसम्म महिलाहरु विभेदमा थिए । उनीहरुका हरेक काम र व्यवहारलाई पुरुषले निगरानी गर्ने र एक प्रकारको बन्धनयुक्त जीवन बिताउँथे महिला । तर अहिलेका महिला क्रमशः पुरुष सरह स्वतन्त्र हुने क्रम बढ्दै गएको छ ।

उनीहरुको आफ्नो चाहना र स्वतन्त्रताका कारण उनीहरुको काम र व्यवहारमा टिप्पणी र बन्देज लाग्ने क्रम समेत घटेको छ । जसका कारण पुरुषसंगको सहज घुलमिल, आत्मियताका कारण उनीहरु सरहको खानपान र लतमा महिला पनि फस्दै गएका छन् ।

जसका कारण पुरुषले धुमपान गर्दा महिला समेत त्यस प्रति आर्कषित हुने र धुमपान गर्न पुग्छन् । यस अलावा एक्लै रहदा हुने स्ट्रेस, चिन्ता र मानसिक दबाबबाट मुक्ति पाउने चाहानाले पनि महिलाले धुमपान गर्ने क्रम बढेको छ ।

शहर बजारमा रहने महिलाहरु घरबाट टाढा हुदाँ स्वतन्त्र हुने तथा होस्टेलमा रहदाँ समुह बनाएर गरीने महिला पार्टीमा समेत धुमपान गर्ने महिलाको संख्या बढेको छ ।

जसका कारण एक, दुई हुदै महिलामा क्रमशः धुमपानको लत बढ्दै गएको छ । तर महिला होस् वा पुरुष कसैले पनि धुमपान गर्नु राम्रो हुदैन । यसले स्वास्थ्यमा गम्भिर असर पार्दछ । तसर्थ धुमपानको लत आजैबाट छाड्नुहोस् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ८ : १६ बजे

ट्रम्पको आप्रवासी धरपकड नीतिविरुद्ध न्युयोर्कमा प्रदर्शन

न्युयोर्क – अमेरिकामा आप्रवासीको प्रदर्शन बढ्दै गएको छ। लस एन्जलसबाट

विद्यालयमा बन्दुक आक्रमण हुँदा ११ जनाको मृत्यु

अस्ट्रिया – अस्ट्रियाका विद्यालयमा भएको बन्दुक आक्रमणमा मर्नेको सङ्ख्या ११

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ २८ गते बुधबार। जेठ

आज २०८२ साल जेठ २८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ २८ गते बुधबार। जेठ