बढ्न थाल्यो धुमपान गर्ने महिलाको संख्या « Khabarhub

बढ्न थाल्यो धुमपान गर्ने महिलाको संख्या


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुमपान स्वास्थ्यकालागी हानिकारक छ । यसले मानिसको मृत्युसम्म गराउन सक्छ । तथापी यसबारे जानकार भएर पनि अधिकाशं मानिस धुमपानको लतमा फस्ने गरेका छन् ।

विशेषत पुरुष त्यसमा पनि युवा र किशोर अवस्थाका पुरुष धुमपानको लतमा बढि देखिने गरेका छन् । झन् पछिल्लो समय केही महिलामा समेत धुमपानको लत बढ्दै गएको छ ।

केही बर्षअघिसम्म महिलाले धुमपान गर्ने क्रम कम थियो । तर पछिल्लो दशकमा भने धुमपान गर्ने महिलाको संख्या बढ्दो छ । अहिले कामकाजी र कार्यालयमा काम गर्ने महिला मात्र नभई केही गृहणीमा समेत धुमपानको लत बढ्दै गएको छ । किन बढे त धुमपान गर्ने महिला ?

एक दशक अघिसम्म महिलाहरु विभेदमा थिए । उनीहरुका हरेक काम र व्यवहारलाई पुरुषले निगरानी गर्ने र एक प्रकारको बन्धनयुक्त जीवन बिताउँथे महिला । तर अहिलेका महिला क्रमशः पुरुष सरह स्वतन्त्र हुने क्रम बढ्दै गएको छ ।

उनीहरुको आफ्नो चाहना र स्वतन्त्रताका कारण उनीहरुको काम र व्यवहारमा टिप्पणी र बन्देज लाग्ने क्रम समेत घटेको छ । जसका कारण पुरुषसंगको सहज घुलमिल, आत्मियताका कारण उनीहरु सरहको खानपान र लतमा महिला पनि फस्दै गएका छन् ।

जसका कारण पुरुषले धुमपान गर्दा महिला समेत त्यस प्रति आर्कषित हुने र धुमपान गर्न पुग्छन् । यस अलावा एक्लै रहदा हुने स्ट्रेस, चिन्ता र मानसिक दबाबबाट मुक्ति पाउने चाहानाले पनि महिलाले धुमपान गर्ने क्रम बढेको छ ।

शहर बजारमा रहने महिलाहरु घरबाट टाढा हुदाँ स्वतन्त्र हुने तथा होस्टेलमा रहदाँ समुह बनाएर गरीने महिला पार्टीमा समेत धुमपान गर्ने महिलाको संख्या बढेको छ ।

जसका कारण एक, दुई हुदै महिलामा क्रमशः धुमपानको लत बढ्दै गएको छ । तर महिला होस् वा पुरुष कसैले पनि धुमपान गर्नु राम्रो हुदैन । यसले स्वास्थ्यमा गम्भिर असर पार्दछ । तसर्थ धुमपानको लत आजैबाट छाड्नुहोस् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ८ : १६ बजे

पर्यटकको अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’

रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

काठमाडौँ – कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएको रायोको सागमा अत्यधिक

‘ओपीडी सेवा नखुम्च्याऔँ, नागरिकलाई आर्थिक बोझ नथपौँ’ : कांग्रेस महामन्त्री पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप

क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको मिडियासँग सातो