सुक्न थाले डडेल्धुरामा पानीका मुहान « Khabarhub

सुक्न थाले डडेल्धुरामा पानीका मुहान


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा– जलवायु परिवर्तनको असर, वन फडानी तथा अतिक्रमणले डडेल्धुरा लगायतका मध्यपहाडी क्षेत्रमा पानीका मुहानहरु सुक्न थालेका छन् ।

त्यस्तै स्थानीय तहले जथाभावी सडक निर्माण गर्दा सडकको तल र माथि रहेका प्राचिन धारा, नाला तथा पशुपंक्षीहरुले प्रयोग गर्ने पानीपोखरीहरु पनि सुक्न थालेपछि ग्रामीण बस्तीमा पानीको अभाव हुँदै गएको छ ।

मानव सिर्जित समस्याका कारण ठूला खोला तथा नदीमा पानी आधाभन्दा बढी घटेको छ भने मध्य पहाडको जीवन रेखा मानिने महाभारतको वनजंगल पनि संरक्षण हुन नसक्दा अधिकांश पानीका स्रोत सुक्न थालेका छन्। स्थानिय जीत बहादुर अहिर विकासको नाममा जथाभावी जंगलको फडानी गर्ने क्रम बढेको बताए ।

प्राकृतिक श्रोतमाथीको अनियन्त्रित दोहनका कारण एक दशक यता झन्डै ५७ प्रतिशतभन्दा बढी पानीको मूल सुकिसकेको तथ्याङक छ । प्राकृतिक दोहन बढ्दै जाने हो भने बाँकी रहेका पानीका मूलहरु पनि सुक्न सक्ने खानेपानी तथा जलस्रोत विज्ञहरुको भनाइ छ ।

जथाभावी रुपले बाटोघाटो निमार्ण गर्ने तथा विश्वमा देखिएको जलवायु परिर्वतनका कारणले नेपालमा पनि असर परेकाले पानीको मुहान सुक्न थालेको इन्जिनियर गोविन्द प्रसाद देवकोटाको भनाइ छ ।

यता खानेपानीको समस्या झेल्नु परेर पहाडको बसोबास कठिन हुन थालेपछि स्थानीय बासिन्दा विस्थापित हुन थालेका छन् । डिडेल्धुराको अजयमेरु गाउँपालिकाको वडा नं ५ र ६ का करिब चार दर्जन परिवार खानेपानी अभावकै कारण तराईतिर बसाइँसराइ गरेका छन् ।

जलश्रोतमा दोश्रो धनी देश नेपालमा पानीको मुहान सुक्दै जानु चिन्ताको विषय हो । पानीको श्रोतलाई संरक्षण गर्दै पानीको मूललाई सुक्न नदिने उपाय अवलम्बन गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १० : ०० बजे

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी

रसुवा बाढीका घाइतेलाई सञ्चारमन्त्री तिमिल्सिनाले भेटे (तस्बिरहरू)

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी

दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित)

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका–९ भट्टारमा ठूलो पहिरो खसेपछि चौलानी

भोटेकोशी बाढीको नवौँ दिन यसरी चलिरहेको छ खोज, उद्धार र राहत अभियान

काठमाडौं- रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज, राहत तथा उद्धारको