बेलायतमा थुनामा रहेका भारतीय अरबपति नीरभ मोदीलाई भारत सुपुर्दगी गर्न सकिने « Khabarhub

बेलायतमा थुनामा रहेका भारतीय अरबपति नीरभ मोदीलाई भारत सुपुर्दगी गर्न सकिने


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायतस्थित लण्डन अदालतले भारतीय अरबपति हिरा व्यापारी नीरभ मोदीलाई भारतमा सुपुर्दगी गर्न सक्ने जनाएको छ।

सम्पति शुद्धिकरण र ठगीको अभियोगमा सन् २०१९ मार्चमा बेलायतमा पक्राउ परेका नीरभ मोदीलाई लण्डन अदालतले भारतमा सुपुर्दगी गर्न सक्ने जनाएको हो ।

अरबपति हिरा व्यापारी मोदीको डाइमण्ड प्रसिद्ध हलिउड कलाकारहरु केट वीन्सलेट, डाकोटा जोनसोन लागायतले लगाइसकेका छन् । मोदीविरुद्ध पञ्जाब नेशनल बैंकमा ठूलो मात्रामा ठगी, सम्पति शुद्धिकरण, आफुबिरुद्ध बयान दिने साक्षीलाई धम्काएको, प्रमाणहरु नष्ट गर्न खोजेको जस्ता मुद्दामा छानबीन भइरहेको छ ।

अरबपति मोदीले भने आफुले केही गलत नगरेको दाबी गर्दै आएका छन् । भारतले मोदीविरुद्ध मुद्दाका लागि पर्याप्त प्रमाणहरु उपलब्ध गराएको वेस्टमिन्स्टर अदालतका जिल्ला न्यायाधीश स्यामुल गुजले बताए ।

भारत सरकारले सुपुर्दगी भए नीरभ मोदीलाई मुम्बईस्थित आर्थुर रोड जेलको बाराक नम्बर १२ मा राखिने बताएको छ । बेलायतको कानुन अनुसार मोदीलाई सुपुर्दगी गर्ने या नगर्ने बारे बेलायती आन्तरिक मामिला मन्त्री प्रीति पटेलले अन्तिम निर्णय गर्नेछिन् । समाचार स्रोतः ट्रिब्युन

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ८ : ५१ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित