बेलायतमा थुनामा रहेका भारतीय अरबपति नीरभ मोदीलाई भारत सुपुर्दगी गर्न सकिने « Khabarhub

बेलायतमा थुनामा रहेका भारतीय अरबपति नीरभ मोदीलाई भारत सुपुर्दगी गर्न सकिने


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायतस्थित लण्डन अदालतले भारतीय अरबपति हिरा व्यापारी नीरभ मोदीलाई भारतमा सुपुर्दगी गर्न सक्ने जनाएको छ।

सम्पति शुद्धिकरण र ठगीको अभियोगमा सन् २०१९ मार्चमा बेलायतमा पक्राउ परेका नीरभ मोदीलाई लण्डन अदालतले भारतमा सुपुर्दगी गर्न सक्ने जनाएको हो ।

अरबपति हिरा व्यापारी मोदीको डाइमण्ड प्रसिद्ध हलिउड कलाकारहरु केट वीन्सलेट, डाकोटा जोनसोन लागायतले लगाइसकेका छन् । मोदीविरुद्ध पञ्जाब नेशनल बैंकमा ठूलो मात्रामा ठगी, सम्पति शुद्धिकरण, आफुबिरुद्ध बयान दिने साक्षीलाई धम्काएको, प्रमाणहरु नष्ट गर्न खोजेको जस्ता मुद्दामा छानबीन भइरहेको छ ।

अरबपति मोदीले भने आफुले केही गलत नगरेको दाबी गर्दै आएका छन् । भारतले मोदीविरुद्ध मुद्दाका लागि पर्याप्त प्रमाणहरु उपलब्ध गराएको वेस्टमिन्स्टर अदालतका जिल्ला न्यायाधीश स्यामुल गुजले बताए ।

भारत सरकारले सुपुर्दगी भए नीरभ मोदीलाई मुम्बईस्थित आर्थुर रोड जेलको बाराक नम्बर १२ मा राखिने बताएको छ । बेलायतको कानुन अनुसार मोदीलाई सुपुर्दगी गर्ने या नगर्ने बारे बेलायती आन्तरिक मामिला मन्त्री प्रीति पटेलले अन्तिम निर्णय गर्नेछिन् । समाचार स्रोतः ट्रिब्युन

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ८ : ५१ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर