संगठन पुनर्निर्माण गर्न माओवादी केन्द्रले गठन गर्‍यो चार सदस्यीय कार्यदल « Khabarhub

संगठन पुनर्निर्माण गर्न माओवादी केन्द्रले गठन गर्‍यो चार सदस्यीय कार्यदल


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संगठनात्मक पुनर्निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) चार सदस्यीय कार्यदल गठन गरेको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनले प्रधानमन्त्रीले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा कुनै निर्णय भएको छैन। नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने थियो। तर, उहाँको राजीनामा नआएपछि अरू दलसँग कुरा गरिरहेका छौँ।’

ओलीले पदबाट राजीनामा दिएमा एउटै पार्टीबाट सरकार बन्न सक्ने तर्क गरे। ओली राजीनामा नदिएर पार्टी एकताको वातावरण बनाउन नचाहेको दाबी गरे।

स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भएको वार्ताबारे बैठकमा जानकारी गराएका थिए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता भने लिइसकेको छैन ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  २ : २९ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल