प्रतिगामी शक्तिलाई बहिर्गमन गर्ने पार्टीको नीति छ : उपेन्द्र यादव « Khabarhub

प्रतिगामी शक्तिलाई बहिर्गमन गर्ने पार्टीको नीति छ : उपेन्द्र यादव


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले असंवैधानिक कदम उठाउने र अलोकतान्त्रिक कार्य गर्ने प्रतिगामी शक्तिलाई बहिर्गमन गराउने पार्टीको रणनीति भएको बताएका छन् ।

बुधबार संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै असंवैधानिक कदम र प्रतिगमन कदम चाल्नेलाई सत्ताबाट हटाउन पार्टीको मूल ध्येय हुने बताए ।

यादवले ओली नेतृत्वको सरकारमा जाने जसपाको कुनै योजना नरहेको स्पष्ट पारे ।

उनले प्रधानमन्त्रीसंग सरकारका बिषयमा नभएर रेशम चौधरीलाई रिहाई गर्ने विषयमा भएको तर्क गरे । जसपाले लोकतन्त्र र संघीयताको रक्षा गर्ने शक्तिसँग मात्र सहकार्य गर्ने भन्दै उनले त्यो शक्ति नेकपा एमाले नभएको तर्क गरे ।

उनले कांग्रेस र माओवादीको सरकारमा जान पार्टी खुल्ला रहेको बताएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ३ : ३३ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज