फोटो प्रतियोगिताबाट उत्कृष्ट पाँच सहभागि छनोट « Khabarhub

फोटो प्रतियोगिताबाट उत्कृष्ट पाँच सहभागि छनोट


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पर्यटन बोर्डले आयोजना गरेको फोटो प्रतियोगिताबाट उत्कृष्ट पाँच सहभागि छनोट भएका छन् ।

चाडपर्वको समयमा बिगतका दिनहरुमा जस्तो आत्मियहरुसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सृजनशीलता समृश्रण गराई चाडपर्वको रौनक अनूभुत गराउने उद्देश्यका साथ बोर्डले प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतियोगितामा नेपालको कुनै पनि चाड वा गतिविधि वा केही पनि सान्दर्भिक तस्वीरहरु  बोर्डको फोटो अभियानको साइटमार्फत पठाउन आह्वान गरिएको थियो ।

कूल प्राप्त ६ सय ८७ फोटोहरु मध्यबाट मिथुन कुवँर, अमन शाही, उमेश स्थापित, रोबिक उपाध्याय र शाम्दे शेर्पाले खिचेका फोटोहरुलाई नेपाल पर्यटन बोर्डले उत्कृष्ट पाँचमा छनोट गरेको छ ।

विजेता फोटोग्राफरहरुले जनही दश हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले ‘फोटोग्राफरहरुको उत्साहजनक सहभागिताले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराई फोटो मार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई अझ बृहत बनाएको बताए ।

नेपाल पर्यटन बोर्डले पाँच वर्षअघि देखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटोनेपाल फोटो प्रदर्शनी गर्दै आएको थियो ।

फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै शुरू भएको थियो ।

बोर्डको यो प्रयासले नियमित अभियानको रुप लिँदा देश चिनाउने फोटो प्रदर्शनी पाँच वर्षदेखि विभिन्न स्थानहरुमा र अनलाइन रुपमा भइरहेको छ । यस अभियानलाई अझ ब्यापक बनाउन फोटोनेपाल डट ट्राभल शुरू गरिएको हो ।

हाल यसमा ११ हजार बढी सदस्यहरुका २५ हजार फोटोहरु संग्रहित छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ३ : ३९ बजे

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

लन्डन – होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार