धनगढीमा एमालेका रावल र थाप पक्षीय कार्यकर्ताबीच कुटाकुट « Khabarhub

धनगढीमा एमालेका रावल र थाप पक्षीय कार्यकर्ताबीच कुटाकुट


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढीमा नेकपा एमालेका दुई समूहबीच झडप भएको छ ।

सुदूरपश्चिम प्रदेश कार्यालयमा एमाले कार्यालय स्थापना गर्ने क्रममा बुधबार ईन्चार्ज भीम रावल र अध्यक्ष कर्ण थापा पक्षीय कार्यकर्ताहरुबीच झडप भएको हो।

पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए । उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाएका थिए । विवाद बढ्दै गएपछि हात हालाहालसम्मकै स्थिति भएको थियो ।

आज बिहान रावल पक्षीय कार्यकर्ताले नेकपा (एमाले)को बोर्ड टाँसेका थिए । दिउँसो अध्यक्ष थापा नेतृत्वको समूहले उक्त बोर्ड हटाएर अर्को बोर्ड झुण्ड्यायो ।

रावल वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र थापा ओली समर्थन हुन् । स्थितिलाई मध्यनजर गर्दै बिहानैदेखि कार्यालय परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो ।

झडपलगतै प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ४ : ३३ बजे

सहमतिको ‘किशोर सम्बन्ध’लाई अपराधीकरण गर्ने कि निकास दिने ?

काठमाडौंँ – केही महिनाअघि पङ्क्तिकारलाई आफन्त पर्ने एक जना बहिनीले

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित

सिद्धार्थनगर – लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा

रियल म्याड्रिडको सान्त्वना जित: गार्सिया र बेलिंघमले गरे गोल

म्याड्रिड – उपाधि होडबाट बाहिरिसकेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा

तिलक बर्माको विष्फोटक ब्याटिङमा मुम्बई विजयी, पन्जाबको प्लेअफ यात्रा संकटमा

धर्मशाला – मुम्बई इन्डियन्सका युवा ब्याटर तिलक बर्माले विष्फोटक इनिङ्स

२४ घण्टाको ट्राफिक कारबाही : १९ लाख ९५ हजार राजस्व सङ्कलन

काठमाडौँ – बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी