धनगढीमा एमालेका रावल र थाप पक्षीय कार्यकर्ताबीच कुटाकुट « Khabarhub

धनगढीमा एमालेका रावल र थाप पक्षीय कार्यकर्ताबीच कुटाकुट


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढीमा नेकपा एमालेका दुई समूहबीच झडप भएको छ ।

सुदूरपश्चिम प्रदेश कार्यालयमा एमाले कार्यालय स्थापना गर्ने क्रममा बुधबार ईन्चार्ज भीम रावल र अध्यक्ष कर्ण थापा पक्षीय कार्यकर्ताहरुबीच झडप भएको हो।

पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए । उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाएका थिए । विवाद बढ्दै गएपछि हात हालाहालसम्मकै स्थिति भएको थियो ।

आज बिहान रावल पक्षीय कार्यकर्ताले नेकपा (एमाले)को बोर्ड टाँसेका थिए । दिउँसो अध्यक्ष थापा नेतृत्वको समूहले उक्त बोर्ड हटाएर अर्को बोर्ड झुण्ड्यायो ।

रावल वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र थापा ओली समर्थन हुन् । स्थितिलाई मध्यनजर गर्दै बिहानैदेखि कार्यालय परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो ।

झडपलगतै प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ४ : ३३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र