सुटिङमै वरुणले १२ पेग ह्विस्की पिएपछि…. « Khabarhub

सुटिङमै वरुणले १२ पेग ह्विस्की पिएपछि….


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता वरुण धवन र अभिनेत्री आलिया भट्टले सन् २०१२ मा रिलिज फिल्म ‘स्टुडेण्ट अफ इयर’बाट अभिनयमा डेब्यू गरेका थिए ।

यो जोडी त्यसको पाँच वर्षपछि अर्थात् सन् २०१७ मा फिल्म ‘बद्रीनाथ की दुल्हनिया’मा देखिए । फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो ।

सशांक खेतान निर्देशित फिल्मको एक दृश्यमा अभिनेता वरुण वास्तविक मातेका थिए । निर्देशक सशांकका अनुसार दृश्यमा सही टोन दिनका लागि वरुणले १२ पेग ह्विस्की पिएका थिए ।

‘वरुणले ह्विस्की पिएपछि शानदार अभिनय गरे । तर यो सट लिएपछि उनलाई सम्हाल्न निकै गाह्रो पर्यो’, पिंकभिल्लासँगको कुराकानीमा सशांकले भनेका छन् ।

सट दिए वरुण नियन्त्रणबाहिर आए । त्यो समयमा उनलाई आलियाले सम्हालेकी थिइन् । यो दृश्यपछि उनी सुतेका थिए । फिल्ममा आलिया र वरुणसँगै गौहर खान, श्वेता बासु र साहिल वैद्यको पनि अभिनय थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ४ : ५५ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल जेठ २२ गते शुक्रबार अधिक जेठ

आज २०८३ साल जेठ २२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २२ गते शुक्रबार अधिक जेठ

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख