मोरङको विराटचोकमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन « Khabarhub

मोरङको विराटचोकमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिभिल बैंकले मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाको, करदाता सेवा कार्यालय, विराटचोकमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन आन्तरिक राजश्व कार्यालय बिराटनगरका प्रमुख बिमल सापकोटाले गरेका हुन ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ बिराटचोकका अध्यक्ष कृष्ण रिजाल, करदाता सेवा कार्यालय बिराटचोकका प्रमुख नेत्र घिमिरे, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग बिभागका प्रमुख भोलाबहादूर बिष्ट, सिभिल बैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको वाक्लो उपस्थिति थियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलै संग गर्न सक्नेछन ।

पाँच लाख भन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यो एक्सटेन्सन काउन्टर सहित ७ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जसमध्ये ४ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । साथै बैंकको हालसम्म ८९ एटिएम रहेका छन् । बैंकले हालसम्म करीव ८१ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ७४ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ४ : १० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने