एमाले र माओवादी केन्द्रका कार्यालयमा नामपाटी « Khabarhub

एमाले र माओवादी केन्द्रका कार्यालयमा नामपाटी


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– सर्वोच्च अदालतले नेकपा विभाजन भई साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) छुट्टाछुट्टै अवस्थामा रहेको फैसला गरेपछि नेकपा माओवादी केन्द्रले आजदेखि कार्यालयमा बोर्ड टाँसेर खुला गरेको छ ।

कुश्माबजारस्थित लम्भीडाँडामा रहेको कार्यालयमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, प्रदेश कमिटी सदस्य मनरुपा सुवेदीलगायतको उपस्थितिमा कार्यालय खुला गरिएको माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा कुश्मा नगर कमिटी अध्यक्ष शङ्कर गिरीले जानकारी दिए ।

यसअघि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बने पनि तत्कालीन माओवादी केन्द्रको कार्यालय पूर्णरुपमा बन्द अवस्थामा रहेको थियो ।

आज बोर्ड टाँगेसँगै माओवादी केन्द्र पर्वत जिल्ला कमिटी र सबै भ्रातृ सङ्गठनका गतिविधि पूर्ववत्ः रुपमा यसै कार्यालयबाट सञ्चालन हुने गिरीले जानकारी दिए । नेकपा विभाजन भएपछि एमालेले सोमबारदेखिनै बोर्ड टाँगेर कार्यालय सञ्चालनमा ल्याइसकेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १० : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र