काठमाडौँ- भारतमा १ करोड १२ लाख ८४ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार ८४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १२ लाख ८४ हजार ३११ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १३४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५८ हजार २१३ पुगेको हो ।
यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ९ लाख ३५ हजार ८०३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ९० हजार २९५ छ ।
प्रतिक्रिया