खनाल र नेपाललाई आत्मआलोचना गर्ने मौका दिन्छौं- पोखरेल « Khabarhub

खनाल र नेपाललाई आत्मआलोचना गर्ने मौका दिन्छौं- पोखरेल


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– उपप्रधानमन्त्री इश्वर पोखरेलले बहुमतको सरकार ढाल्ने प्रयासमा लागेका नेताहरुलाई आत्मआलोचनाको मौका दिइने बताएका छन् ।

बिहीबार प्रेस संगठन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले माओवादी केन्द्रतर्फ लागेर बहुमतको सरकार ढाल्ने प्रयासमा लागेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई एक पटक आत्मआलोचनाको मौका दिइने बताए ।

उनले पार्टीमा उनीहरुको विषयमा गहन छलफल भइरहेको बताए । ‘माओवादीबाट आएका साथीहरुलाई सम्मानको साथ जिम्मेवारी र पद दिइन्छ भने नेकपा एमालेको लाइन बिर्सेर माओवादीतिर लागेको साथीहरु पनि एमालेमै फर्किनु भएको छ,’ उनले भने, ‘उहाँहरुको बारेमा पनि पार्टीको केन्द्रीय कमिटिमा छलफल गरी जे निर्णय हुन्छ त्यही अनुसार जिम्मेवारी र स्थान दिइने छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ११ : २४ बजे

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्