क्रान्ति छाड्नेवाला छैन, अब फेरि लड्छु, जित हाम्रै हुन्छ : प्रचण्ड « Khabarhub

क्रान्ति छाड्नेवाला छैन, अब फेरि लड्छु, जित हाम्रै हुन्छ : प्रचण्ड


२७ फाल्गुन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब फेरि एक पटक लड्ने बेला आएको बताएका छन् ।

आज पार्टी निकट नयाँ स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले अब आफ्नो खुट्टामा उभिनकै लागि भएपनि लड्नुपर्ने बेला आएको बताए ।

आफ्नै खुट्टामा उभिन देशव्यापी अभियान चलाउन लागेको बताउँदै प्रचण्डले अब जनताको घर दैलो गर्ने बताए । उनले भने, ‘फेरि आफ्नै खुट्टामा उभिने बेला भएको छ।

देशव्यापी अभियान चलाउनेतिर सोचिरहेको छु । फेरि दुई चार वर्ष जनताको बीचमा जाने सोचिरहेका छु। काठमाडौँमा नबस्ने सोच बनाएको छु। हाम्रा विरुद्ध षड्यन्त्र भएको छ। हिजो सबै वर्ग तत्वकाविरुद्ध लडौँ त्यसैगरी आफ्नो खुट्टामा उभिनै पर्छ।’

उनले आफ्नो उमेर बढ्दै गए पनि फेरि एकपटक लड्नुपर्ने बेला भएको बताए। दाहालले भने, ‘जनयुद्ध सुरु गर्ने बेला म ४३ बर्षको थिए। अहिले ६७ वर्षको भएँ फेरि अब एकपटक लड्छु। क्रान्ति छाड्ने वाला छैन। हामीले जित्नै पर्छ। जित्छौँ।’

उनले जनयुद्धमा साथ दिएका पक्षलाई पार्टीले चाहिने जति ध्यान दिन नसकेको स्वीकार गर्दै त्यसलाई सच्याउने बताए ।

पुनःस्थापित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्तिविरुद्ध शान्तिपूर्ण युद्ध लड्नुपर्ने बेला आएको बताएका छन्।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ३ : ०९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र