क्रान्ति छाड्नेवाला छैन, अब फेरि लड्छु, जित हाम्रै हुन्छ : प्रचण्ड « Khabarhub

क्रान्ति छाड्नेवाला छैन, अब फेरि लड्छु, जित हाम्रै हुन्छ : प्रचण्ड


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब फेरि एक पटक लड्ने बेला आएको बताएका छन् ।

आज पार्टी निकट नयाँ स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले अब आफ्नो खुट्टामा उभिनकै लागि भएपनि लड्नुपर्ने बेला आएको बताए ।

आफ्नै खुट्टामा उभिन देशव्यापी अभियान चलाउन लागेको बताउँदै प्रचण्डले अब जनताको घर दैलो गर्ने बताए । उनले भने, ‘फेरि आफ्नै खुट्टामा उभिने बेला भएको छ।

देशव्यापी अभियान चलाउनेतिर सोचिरहेको छु । फेरि दुई चार वर्ष जनताको बीचमा जाने सोचिरहेका छु। काठमाडौँमा नबस्ने सोच बनाएको छु। हाम्रा विरुद्ध षड्यन्त्र भएको छ। हिजो सबै वर्ग तत्वकाविरुद्ध लडौँ त्यसैगरी आफ्नो खुट्टामा उभिनै पर्छ।’

उनले आफ्नो उमेर बढ्दै गए पनि फेरि एकपटक लड्नुपर्ने बेला भएको बताए। दाहालले भने, ‘जनयुद्ध सुरु गर्ने बेला म ४३ बर्षको थिए। अहिले ६७ वर्षको भएँ फेरि अब एकपटक लड्छु। क्रान्ति छाड्ने वाला छैन। हामीले जित्नै पर्छ। जित्छौँ।’

उनले जनयुद्धमा साथ दिएका पक्षलाई पार्टीले चाहिने जति ध्यान दिन नसकेको स्वीकार गर्दै त्यसलाई सच्याउने बताए ।

पुनःस्थापित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्तिविरुद्ध शान्तिपूर्ण युद्ध लड्नुपर्ने बेला आएको बताएका छन्।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ३ : ०९ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन