म्यानमारमा थप ७ प्रदर्शकारीको मृत्यु « Khabarhub

म्यानमारमा थप ७ प्रदर्शकारीको मृत्यु


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- म्यानमारमा बिहीबार भएको प्रदर्शनमा विहीबार थप ७ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सले स्थानीय मिडिया र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रदर्शनमा कम्तीमा ७ जनाको मृत्यु भएको जनाएको हो ।

सर्वोच्च नेता आङसाङ सूकीसहित निर्वाचित जनप्रतिनिधिको रिहाइको माग गर्दै सैन्य ‘कू’विरुद्ध डेढ महिनादेखि म्यानमारमा प्रदर्शन भइरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार बिहीबार मात्रै म्याइङ्ग अस्पतालका डाक्टरले ६ जनालाई मृत घोषणा गरेका छन् । अन्य एक जनाको अवस्था एकदमै गम्भीर भएर अस्पताल ल्याइएकोमा पछि मृत्यु भएको रोयटर्सले लेखेको छ ।

म्यानमारको स्थानीय संगठनअनुसार प्रदर्शनको क्रममा अहिलेसम्म ६० प्रदर्शनकारीहरुको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी मानिसलाई सुरक्षा बलले बन्धक बनाएर राखेको छ ।

म्यानमारमा भएको प्रदर्शन र प्रदर्शनकारीहरुमाथि भएको ज्यादतीविरुद्ध मानवअधिकार संगठन एमनेस्टी इन्टरनेशनलले चिन्ता प्रकट गरेको छ । एमनेस्टीले सैन्य शासकले अब प्रदर्शनकारीहरुमाथि युद्धको रणनीति अपनाउन लागेको जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ४ : २६ बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि