जसपाका नेताहरुले गरे प्रधानमन्त्रीसँग भेट, छलफल ‘सकारात्मक’ « Khabarhub

जसपाका नेताहरुले गरे प्रधानमन्त्रीसँग भेट, छलफल ‘सकारात्मक’


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच बिहीबार साँझ सत्ता साझेदार लगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सत्ता साझेदारी लगायत समसामयिक राजनीतिक विषय केन्द्रित भएको बताइएको छ ।

सत्तासमीकरणमा जसपा निर्णायक शक्ति जस्तै बनेका बेला प्रधानमन्त्रीसँग भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

भेटमा के–के विषयमा छलफल भयो एकिन जानकारी नगराइए पनि छलफल ‘सकारात्मक’ भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

उनले भने, ‘नेकपा(एमाले) र जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरूको प्रधानमन्त्रीसँगको भेटघाट सकारात्मक रहेको छ । भोलि पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुनेछ ।’

आफूहरुका मागमा प्रधानमन्त्री सकारात्मक रहेको जसपाका नेता लक्ष्मणलाल कर्णले बताए । उनले अबको वार्ता कार्यदल स्तरमा हुने जानकारी दिए ।

जसपाले संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरीको रिहाई लगायतका शर्त राख्दै आएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न जसपाका पाँच शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल कर्ण बालुवाटार पुगेका थिए।

भेटमा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायत सहभागी थिए।

जसपाले बिहीबार दिउँसोको पदाधिकारी बैठकबाट सरकारमा सहभागिताबारे निर्णय लिनुअघि एमाले, कांग्रेस र माओवादी केन्द्रसँग छुट्टाछुट्टै वार्ता गर्ने निर्णय गरेको थियो।

सचिवालय बैठक सकेपछि जसपाका नेताहरु आफ्ना मागबारे प्रधानमन्त्रीसँग छलफलका लागि प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेका थिए ।

जसपाको शीर्ष नेताहरूको बिहीबारको बैठकले पाँच शीर्ष नेताहरूलाई वर्तमान राजनीतिक परिस्थिति र दलले विगतदेखि उठाउँदै आएका मागबारे छलफल गर्ने जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ८ : ३६ बजे

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस

शपथअघि राप्रपा सांसदहरू पुगे पशुपतिनाथ, हिन्दू राष्ट्रको अठोट

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसदको शपथ ग्रहणअघि पशुपतिनाथ

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले