वसन्तकालीन पहिलो हिमाल आरोहण अनुमति प्रदान « Khabarhub

वसन्तकालीन पहिलो हिमाल आरोहण अनुमति प्रदान


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— पर्यटन विभागले अबको वसन्तकालीन हिमाल आरोहणका लागि पहिलो आरोहण अनुमति प्रदान गरेको छ ।

खुम्बु क्षेत्रमा पर्ने ७ हजार ८ सय ६४ मिटर अग्लो नुप्से हिमालका लागि मंगलबार पहिलो आरोहण अनुमति जारी गरेको हो ।

४ जना क्यानेडियन नागरिकहरुको समूहलाई विभागले चैतदेखि सुरु हुने वसन्तकालीन सिजनमा आरोहण गर्न अनुमति दिएको विभागले जनाएको छ ।

‘अबको वसन्तकालीन हिमाल आरोहण अन्तर्गत यो पहिलो अनुमति हो,’ विभागकी निर्देशक मिरा आचार्यले भनिन् । विभागले अनुमतिपत्र जारी गरेपछि उनीहरुसहित नेपाली शेर्पाहरुको समूह हिमाल आरोहणका लागि बुधबार लुक्लातर्फ लागेको छ ।

विभागका अनुसार यी विदेशी नागरिकहरुको समूह नेपालले कारोना महामारीमा बनाएको नयाँ नियम पालना गर्ने पहिलो पर्वतारोही टोली भएको छ । आरोहण अनुमति लिनुअघि यी क्यानेडियन नागरिक ठमेलस्थित मलबेरी होटलमा १५ दिन क्वारेन्टाइन बसेको आरोहण व्यवस्थापक एवं एसेन्ट हिमालयजका प्रबन्ध निर्देशक लाक्पा दोर्जी शेर्पाले जानकारी दिए ।

उनका अनुसार कोभिडपछि जारी भएको नियम अनुसार उनीहरुले कोभिड जाँच गरेर पीसीआर नेगेटिभ भएको प्रमाण पनि बुझाउनु परेको थियो । त्यस्तै, सरकारले लागू गरेको ५ हजार डलर बराबरको बिमा पनि उनीहरुले गरेका छन् । यसअघि कोरोना बिमा, होटल क्वारेन्टाइन, पीसीआर जाँच, अन–अराइभल भिसाका लागि पूर्व अनुमति आदि नियम थिएनन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ९ : ३० बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन