दोभानका आगलागीपीडितलाई सहयोग प्रदान « Khabarhub

दोभानका आगलागीपीडितलाई सहयोग प्रदान


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– पूर्वसूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले ताप्लेजुङको दोभानका आगलागी प्रभावित परिवारलाई सहयोग प्रदान गरेका छन् ।

बिहीवार आगलागी क्षेत्रको निरीक्षणपछि आफ्नो पहलमा सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा सङ्कलित रु. छ लाख नगद आगलागी प्रभावित परिवारलाई प्रदान गरेका हुन् ।

उनले मेरिङदेन गाउँपालिकामार्फत वितरण हुने गरी उक्त गाउँपालिकाका अध्यक्ष गणेश चोङ्बाङलाई उक्त सहयोग रकम हस्तान्तरण गरे ।

आगलागीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले नेपाली कांग्रेस केन्द्रीय कार्य समितिबाट समेत रु छ लाख सहयोग प्रदान हुने जानकारी दिए । राहत वितरण कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष श्रवण जिसी लगायतको उपस्थिति थियो ।

यसैबीच आगलागीबाट पीडित परिवारमध्ये सबैभन्दा गरीब तथा निम्नवर्गको परिवारका एक जना बच्चालाई राजधानीमा नै उच्च शिक्षासम्म निःशुल्क अध्ययनका लागि सहयोग गर्ने नेता बस्नेतले बताए ।

भूकम्प, बाढी पहिरो, आगलागी जस्ता घटनाबाट पीडित बनेकालाई सहयोग गर्दै आउनुभएका नेता बस्नेतले दोभानका आगलागी पीडित परिवारको दिगो व्यवस्थापन तथा पुनःस्थापनामा गम्भीर हुन सरकारसँग आग्रहसमेत गरे ।

यता सोही कार्यक्रमका बीच कांग्रेस आबद्ध लोकतान्त्रिक खेलकूद विभागले रु ७५ हजार र इलामको माइभ्याली फुटबल क्लबले रु ५० हजार आगलागी प्रभावित परिवारलाई सहयोग प्रदान गरेको छ । दुवै संस्थाले गाउँपालिकामार्फत सहयोग प्रदान गरेका हुन् ।

गएको फागुन १८ गते भएको आगलागीले दोभान बजारका ५० घर नष्ट भएका थिए भने ६३ परिवार विस्थापित बनेका थिए । विस्थापित परिवार अहिले आगलागी क्षेत्रमा नै टेण्ट टाँगेर बसेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ६ : ०५ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन