सत्ता गठबन्धनका लागि जसपाको दौडधूपप्रति भट्टराईको यस्तो प्रतिक्रिया « Khabarhub

सत्ता गठबन्धनका लागि जसपाको दौडधूपप्रति भट्टराईको यस्तो प्रतिक्रिया


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी नयाँ सत्ता समीकरणको दौडमा नभएको बताएका छन् ।

जसपाका अन्य नेता सत्ता समीकरणका लागि दौडधूप गरिरहेका बेला भट्टराईले यस्तो बताएका हुन् ।

बिहीवार राति उनले ट्वीट गर्दै देश गम्भीर संकटमा फसेका बेला राजनीतिक दल र नेताहरुको भूमिका अपेक्षित स्तरको नभएको प्रतिक्रिया दिएका छन् ।

‘अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नु सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त’ भट्टराईले लेखेका छन्, ‘जसपा त्यो मुसा दौडमा छैन है।’

यता आजै जसपाका शीर्ष नेताहरूसँग नेकपा एमालले सत्ता समीकरणका लागि वार्ता गर्दैछ । बिहीवार बसेको एमाले र जसपाको वार्ता सकारात्मक भएको बताइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : ३० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र