राष्ट्रपति विद्यादेवी भण्डारी चैत दोस्रो साता बंगलादेश जाने « Khabarhub

राष्ट्रपति विद्यादेवी भण्डारी चैत दोस्रो साता बंगलादेश जाने


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी राष्ट्र बंगलादेशको भ्रमणमा जाने भएकी छन्।

राष्ट्रपति भण्डारी चैतको दोस्रो साता बंगलादेश भ्रमणमा जाने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

मन्त्री ज्ञवालीले भने, ‘बंगलादेशका राष्ट्रपतिज्यूको निमन्त्रणामा मार्चको अन्तिम साता उहाँ जान लाग्नुभएको हो । भ्रमणको मिति दुबै पक्षले तय गर्दैछन्।’

भण्डारी मार्च २२ मा ढाका जाने सम्भावना छ।

बंगलादेश सरकारले बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीका अवसरमा छिमेकी र मित्र राष्ट्रका नेताहरूलाई निम्त्याएर विभिन्न कार्यक्रमहरू गरिरहेको छ। सोही अवसरमा राष्ट्रपति भण्डारीले पनि बंगलादेश भ्रमण गर्न लागेकी हुन्।

राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण गत वर्ष कोरोनाभाइरसको महामारीले लकडाउन भएपछि नेपालबाट हुने पहिलो उच्चस्तरीय वैदेशिक भ्रमण हुनेछ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १२ : २४ बजे

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम

काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर