प्राप्त उपलब्धि र परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भयो : प्रचण्ड « Khabarhub

प्राप्त उपलब्धि र परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भयो : प्रचण्ड


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समय लडेर ल्याएको परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् ।

शुक्रबार बुटवलमा राष्ट्रिय दलित पत्रकार संघको नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले दलित, जनजाति तथा आम जनताको अधिकारको लडाइँमा आफू सदैव रहने बताए ।

उनले लामो लडाइँ लडेर प्राप्त गरेका उपलब्धि र परिवर्तन उल्ट्याउन चौतर्फी घेराबन्दी भइरहेको भन्दै देशमा केही अनिष्ट हुँदैछ भन्ने संकेत मिलेको बताए ।

‘जो गणतन्त्र, संविधान र समावेशिताहरु मन पराउँदैनथे, उनीहरु मिलेर यो परिवर्तन उल्ट्याइ छाड्ने कसरतमा छन् । तर, शान्तिपूर्ण आन्दोलन जारी रहेकोले यी परिवर्तनको साक्षी छु म’, उनले भने, ‘यो षड्यन्त्रलाई निर्मूल पार्न म जीवित हुदाँसम्म कसैले पनि हाम्रा परिवर्तन र उपलब्धिहरूलाई उल्टाउन सक्दैन ।’

लडेर ल्याएको संविधान र गणतन्त्रविरुद्ध भएको कदम विरुद्ध शान्तिपूर्ण तरिकाले लड्न आफू तयार रहेको पनि उनले बताए ।

प्रतिगमकारीहरूको अझै पनि षडयन्त्र जारी राखेको भन्दै उनले त्यस्ता शक्ति विरुद्ध एकताबद्ध भएर लाग्न समेत आग्रह गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १ : ०८ बजे

हर्कले भने : सरकारको सकारात्मक काममा साथ दिन्छौँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी

जेन-जी आन्दोलनका २९ घाइतेको बयान : बिना चेतावनी प्रहरीले गोली चलायो 

काठमाडौं– गत भदौ ३ र २४ गते राजधानीका विभिन्न स्थानमा

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ ।

थरीथरी पोशाकमा सजिएर शपथ लिन पुगे सांसद (तस्बिरहरू)  

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला