साढे २ किलो विस्फोटक पदार्थ युरेनियमसहित ४ जना पक्राउ « Khabarhub

साढे २ किलो विस्फोटक पदार्थ युरेनियमसहित ४ जना पक्राउ


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विष्फोटक पदार्थ युरेनियमसहित ४ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले चार जना व्यक्तिलाई कच्चा युरेनियमसहित पक्राउ गरेको जानकारी दिए ।

साढे दुई किलो युरेनियमसहित उनीहरुलाई काठमाडौँबाट पक्राउ गरिएको पालले जानकारी दिए ।

युरेनियम बौद्धमा भण्डारण गरिराखेको अवस्थामा बरामद भएको उनले बताए ।

पालका अनुसार जफत भएको युरेनियमको मूल्य ५ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ। पक्राउ परेका अभियुक्तले बयानमा २० वर्ष अघि नै भारतको एउटा खानीबाट युरेनियम ल्याएको बताएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशीका ४० वर्षीय नारायण सिंह तामाङ, ४० वर्षकै जानुका तामाङ, रामेछापकै बागजोरका २० वर्षीय प्रकाश चौहान र २० वर्षीय सिन्धुलीका मनोज न्यौपाने रहेका छन्।

पक्राउ परेका चारै जनामाथि विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ३ : ५६ बजे

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर