पाँच रोचक तथा ज्ञानवर्धक तथ्यहरू « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्धक तथ्यहरू


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. नुनको कुरा

यदि महासागरबाट सबै नुन निकालेर युरोप महादेशलाई ढाक्ने हो भने त्यस नुनको थुप्रो ५ कि.मि. बाक्लो हुनेछ । अर्थात् नुनको थुप्रो ५ किमी बाक्लो हुने गरी युरोप महादेशलाई ढाक्छ ।

२. एस्ट्रोनोमी

अँग्रेजी शब्द एस्ट्रोनोमी प्राचीन ग्रीक शब्दबाट आएको हो । एस्ट्रो भनेको तारा हो र नोमिया भनेको नियम ।

३. बिरालोको आँखा

मान्छेको आँखालेभन्दा बिरालोको आँखाले ५०% ज्यादा प्रकाश सोसेर राख्ने गर्छ । यही कारणले बिरालोले राति पनि देख्न सक्छ ।

४. कन्कर्ड र आवाज

आवाजको गति प्रतिसेकेन्ड ३३० मिटर बराबर हुन्छ भने यात्रुबाहक हवाईजहाज कन्कर्ड आवाजभन्दा दुई गुणा छिटो उड्ने गर्छ । सन् २००३ देखि यसको उडन सेवा बन्द गरिएको छ ।

५. पग्लने या उम्लने

सबैभन्दा बढी तापक्रममा पग्लने या उम्लने तत्त्व टङ्सटेन हो । यो ६२,००० डिग्री सेन्टिग्रेट तापक्रममा उम्लन्छ । कम तापक्रममा उम्लने हेलियम हो । यो तत्व २६८.९३० डिग्री सेन्टिग्रेडमा पनि उम्लिहाल्छ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ५ : १२ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ