नेपाल पक्षका सबै नेताको जिम्मेवारी खोसियो, ‘बादल’ बने बाग्मती प्रदेश इन्चार्ज « Khabarhub

नेपाल पक्षका सबै नेताको जिम्मेवारी खोसियो, ‘बादल’ बने बाग्मती प्रदेश इन्चार्ज


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोस्दै सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले प्रदेश १ को नयाँ इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बाग्मतीमा रामबहादुर थापा ‘बादल’, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई बनाउने निर्णय गरेको हो।

भट्टलाई भीम रावलले सम्हालिरहेको जिम्मेवारी दिइएको छ भने अष्टलक्ष्मी शाक्य हटाएर रामबहादुर थापा बादललाई ल्याइएको छ।

बैठकले रामबहादुर थापा ‘बादल’सहित २३ जना माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित पनि गरेको छ। त्यस्तै बैठकले प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ। बैठकले आउँदो मंसिर २ देखि ६ सम्म महाधिवेशनको मिति पनि तोकेको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ५ : ३२ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन