नेपालमा ओपो एफ १९ प्रो चैत्र ३ गते सार्वजनिक हुने | Khabarhub Khabarhub

नेपालमा ओपो एफ १९ प्रो चैत्र ३ गते सार्वजनिक हुने


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ १९ प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ ।

कम्पनीले चैत्र ३ गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब) मार्फत आयोजना गरिने अनलाइन लञ्च इभेन्टमार्फत एफ १९ प्रो सार्वजनिक हुने जानकारी दिएको हो ।

लाइभ लञ्च इभेन्टमा नेपाली मनोरञ्जन जगतका चर्चित हस्तीहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, गायिका/गीत लेखिका तथा रचनाकार तृष्णा गुरुङ्ग र पारम्परिक नेपालीलोक बाद्यबादन उपकरण ईन्सेम्बल कुटुम्ब ब्याण्ड लगायतको उपस्थिति रहनेछ ।

लामो समयदेखि कम्पनीले एफसिरिजमार्फत उपभोक्तालाई स्टेट अफ आर्ट प्रविधि पस्कँदै आइरहेको छ । यसले गर्दा एफसिरिजलाई उपभोक्ताहरुले सुरुवाती दिनदेखि नै औधी रुचाइरहेका छन् ।

अग्रगामी सोच सहितका डिजाइनमार्फत ओपो, उपभोक्तालाई प्रविधि मार्फत नीजिकृत, सुलभ र रमाइलो अनुभव प्रदान गर्नेतिर केन्द्रित रहँदै आइरहेको छ ।

शक्तिशाली र टिकाउ हुनुका साथै बहुआयामिक दृष्टिकोणसहित आफ्ना जीवनका स्मरणिय पलहरु कैद गर्न चाहनेका लागि मनोरञ्जक नयाँ भिडियो फिचर्सहरुका साथएफ १९ प्रोको डिजाइन विशेषगरी यूवाहरुलाई ध्यानमा राखी गरिएको ‌ओपोले जनाएको छ ।

क्यामेरा

एफ१९प्रोमा ४८एमपी मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ । फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरुमा मेन क्यामेरा ८ एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, २एमपीमाक्रो क्यामेरा र २ एमपीमोनो क्यामेराका साथमा काम गर्छ ।

अल्ट्रा स्लिम बडी डिजाइन

अल्ट्रा स्लिम डिजाइनका लागि पनि एफसिरिज परिचित छ । एफ १९ प्रो मा पनि कम्पनीले यसलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ ।

थ्रीडी कभर्ड ब्याट्री र ७.८एमए अल्ट्रा स्लिम बडी सहितको यो फोनको वजन जम्मा १७२ ग्राम कायम गरिएको छ ।

डिस्प्ले

ओपो एफ१९ प्रोमा ९०.८% स्क्रिन टू बडी रेसियो र ईन डिस्प्ले फिंगरप्रिन्ट ३.० सहितको चहकिलो ६.४३ ईञ्च पञ्च होल एमोलेड डिस्प्लेको प्रयोग गरिएको छ ।

३०वाट भोक फ्ल्याशचार्ज ४.०

तीव्र गतिको चार्जिङ सुविधाका लागि ३० वाट भोक फ्ल्याशचार्ज ४.० प्रविधिका साथै एफ १९ प्रो मा लामो समय सम्म टिक्ने ४३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।

५ मिनेटको चार्जले फोनमा २.९ घण्टा यूट्यूब हेर्न सकिन्छ । एकपटक पूर्णरुपमा फोनलाई चार्ज गरी सकेपछि यसमा ढूक्क भई १६ घण्टा सम्म अनलाइन भिडियो प्लेब्याकको मज्जा लिन सकिने ओपोले जनाएको छ ।

 

 

 

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ४ : ४७ बजे

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा