नेपालमा ओपो एफ १९ प्रो चैत्र ३ गते सार्वजनिक हुने « Khabarhub

नेपालमा ओपो एफ १९ प्रो चैत्र ३ गते सार्वजनिक हुने


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ १९ प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ ।

कम्पनीले चैत्र ३ गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब) मार्फत आयोजना गरिने अनलाइन लञ्च इभेन्टमार्फत एफ १९ प्रो सार्वजनिक हुने जानकारी दिएको हो ।

लाइभ लञ्च इभेन्टमा नेपाली मनोरञ्जन जगतका चर्चित हस्तीहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, गायिका/गीत लेखिका तथा रचनाकार तृष्णा गुरुङ्ग र पारम्परिक नेपालीलोक बाद्यबादन उपकरण ईन्सेम्बल कुटुम्ब ब्याण्ड लगायतको उपस्थिति रहनेछ ।

लामो समयदेखि कम्पनीले एफसिरिजमार्फत उपभोक्तालाई स्टेट अफ आर्ट प्रविधि पस्कँदै आइरहेको छ । यसले गर्दा एफसिरिजलाई उपभोक्ताहरुले सुरुवाती दिनदेखि नै औधी रुचाइरहेका छन् ।

अग्रगामी सोच सहितका डिजाइनमार्फत ओपो, उपभोक्तालाई प्रविधि मार्फत नीजिकृत, सुलभ र रमाइलो अनुभव प्रदान गर्नेतिर केन्द्रित रहँदै आइरहेको छ ।

शक्तिशाली र टिकाउ हुनुका साथै बहुआयामिक दृष्टिकोणसहित आफ्ना जीवनका स्मरणिय पलहरु कैद गर्न चाहनेका लागि मनोरञ्जक नयाँ भिडियो फिचर्सहरुका साथएफ १९ प्रोको डिजाइन विशेषगरी यूवाहरुलाई ध्यानमा राखी गरिएको ‌ओपोले जनाएको छ ।

क्यामेरा

एफ१९प्रोमा ४८एमपी मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ । फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरुमा मेन क्यामेरा ८ एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, २एमपीमाक्रो क्यामेरा र २ एमपीमोनो क्यामेराका साथमा काम गर्छ ।

अल्ट्रा स्लिम बडी डिजाइन

अल्ट्रा स्लिम डिजाइनका लागि पनि एफसिरिज परिचित छ । एफ १९ प्रो मा पनि कम्पनीले यसलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ ।

थ्रीडी कभर्ड ब्याट्री र ७.८एमए अल्ट्रा स्लिम बडी सहितको यो फोनको वजन जम्मा १७२ ग्राम कायम गरिएको छ ।

डिस्प्ले

ओपो एफ१९ प्रोमा ९०.८% स्क्रिन टू बडी रेसियो र ईन डिस्प्ले फिंगरप्रिन्ट ३.० सहितको चहकिलो ६.४३ ईञ्च पञ्च होल एमोलेड डिस्प्लेको प्रयोग गरिएको छ ।

३०वाट भोक फ्ल्याशचार्ज ४.०

तीव्र गतिको चार्जिङ सुविधाका लागि ३० वाट भोक फ्ल्याशचार्ज ४.० प्रविधिका साथै एफ १९ प्रो मा लामो समय सम्म टिक्ने ४३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।

५ मिनेटको चार्जले फोनमा २.९ घण्टा यूट्यूब हेर्न सकिन्छ । एकपटक पूर्णरुपमा फोनलाई चार्ज गरी सकेपछि यसमा ढूक्क भई १६ घण्टा सम्म अनलाइन भिडियो प्लेब्याकको मज्जा लिन सकिने ओपोले जनाएको छ ।

 

 

 

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ४ : ४७ बजे

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई

काठमाडौंका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरू हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत विद्यालय

जुम्लाका स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा दिन सकेनन्

जुम्ला – सरकारले स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं – झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन

चन्द्रगढी महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

झापा – मेची रङ्गशालामा जारी प्रथम ‘ओमसाई पाथिभरा चन्द्रगढी महिला