ओलीको उद्देश्य कम्युनिस्ट आन्दोलन विघटन गर्नु हो, त्यसलाई असफल पारिन्छ : नेता भुसाल « Khabarhub

ओलीको उद्देश्य कम्युनिस्ट आन्दोलन विघटन गर्नु हो, त्यसलाई असफल पारिन्छ : नेता भुसाल


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका निर्वाचित उपमहासचिव घनश्याम भूसालले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन विघटन गर्न खोजेको तर त्यसलाई सफल हुन नदिइने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भूसालले एकतर्फी रुपमा केन्द्रीय सदस्य मनोनित गर्ने तथा महाधिवेशनको मिति तोक्ने पछिल्लो निर्णयबाट ओलीले यसलाई थप पुष्टि गरेको बताए ।

‘केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ । उहाँले त्यही गर्दै आउनुभएको छ ।’ भुसालले लेखेका छन्, ‘आजको घटनाबाट उहाँबारे रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिनु भएको छ । त्यसका लागि उहाँलाई धन्यवाद छ । तर उहाँले बुझ्न एउटा कुरा बाँकी छ–कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न दिइने छैन, उहाँलाई असफल पारिनेछ ।’

ओलीले शुक्रबार बालुवाटारमा केन्द्रीय कमिटीको एकपक्षीय बैठक राख्दै उपमहासचिव भूसालसहित माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका थिए ।

ओली समूहल आफूनिकट र माओवादी केन्द्रबाट गएका नेताहरुलाई प्रदेशमा जिम्मेवारी दिँदै आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् 

केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म वहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको…

Posted by Ghanashyam Bhusal on Friday, March 12, 2021

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ७ : ४० बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग