ओलीको निर्णय मान्न नसकिने माधव नेपाल समूहको निष्कर्ष « Khabarhub

ओलीको निर्णय मान्न नसकिने माधव नेपाल समूहको निष्कर्ष


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका निर्णय मान्न नसकिने निष्कर्ष निकालेको छ ।

अध्यक्ष ओली पक्षको केन्द्रीय कमिटीले अध्यक्ष र महासचिव बाहेकका सबै पद खारेज गर्ने तथा महाधिवेशनको मिति तोकेलगत्तै नयाँबानेश्वरस्थित अर्याल होटलमा माधव नेपाल तथा झलनाथ खनाल पक्षको स्थायी कमिटीको आकस्मिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले ओली पक्षले गरेको निर्णय मान्न नसकिने निष्कर्ष निकालेको नेपाल पक्षका नेता रघुजी पन्तले जानकारी दिए ।

‘ओलीको निर्णय मान सकिन्न । ओली पक्षले गरेको निर्णय पार्टी विधान र विधिविपरीत छन् । यसले पार्टीलाई विभाजनतिर लैजान्छ,’ नेता पन्तले भने, ‘केन्द्रीय कमिटी बैठक राखिएको छैन । त्यो (ओली पक्षको) निर्णय मान्दैनौँ ।’

यसैबीच, नेपाल समूहका नेता योगेश भट्टराईले धैर्यता कायम गर्न आह्वान गरेका छन् ।

साथै एकताको विकल्प नरहेको समेत बताएका छन् । उनले ट्वीट गर्दै भट्टराईले ओली पक्षको निर्णयको सही र सशक्त ढंगले प्रतिकार गरौँ भन्दै एकताको विकल्प नभएको जनाएका छन् ।

यस्तै, नेकपा एमालेका निर्वाचित उपमहासचिव घनश्याम भुसालले अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलन विघटन गर्न खोजेको तर त्यसलाई सफल हुन नदिइने बताएका छन् ।

सामाजिक सञ्जालमा भुसालले एकतर्फी रुपमा केन्द्रीय सदस्य मनोनित गर्ने तथा महाधिवेशनको मिति तोक्ने पछिल्लो निर्णयबाट ओलीले यसलाई थप पुष्टि गरेको बताए ।

‘केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ । उहाँले त्यही गर्दै आउनुभएको छ ।’ भुसालले लेखेका छन्, ‘आजको घटनाबाट उहाँबारे रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिनु भएको छ । त्यसका लागि उहाँलाई धन्यवाद छ । तर उहाँले बुझ्न एउटा कुरा बाँकी छ–कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न दिइने छैन, उहाँलाई असफल पारिनेछ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : ४४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना