पर्दामा महिला बनेका यी अभिनेता « Khabarhub

पर्दामा महिला बनेका यी अभिनेता


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भनिन्छ, जुन समयमा भारतमा फिल्मको सुरुवात भएको थियो, त्यो समयमा फिल्ममा महिलाहरु काम गर्दैन थिए । जसकारण उनीहरुको चरित्र पुरुषले नै निभाउनुपथ्र्यो ।

तर कहिलेकाँही फिल्ममा यस्ता दृश्य र कथाको माग हुन्छ, जहाँ अभिनेता नै महिला चरित्रमा देखिनुपर्ने हुन्छ । अभिनेताका लागि यो चुनौतीपूर्ण हुन्छ किनकी उनीहरु नयाँ र फरक रुपमा प्रस्तुत हुनुपर्ने हुन्छ ।

बलिउडमा यस्ता केही अभिनेता छन्, जसले फिल्ममा महिलाको चरित्रमा अभिनय गरेर दर्शकको वाहवाही बटुलेका छन् । अमर उजालाले यस्तै अभिनेताहरुको बारेमा एक समाचार तयार पारेको छ ।

यो सूचीमा पहिलो नाम दिग्गज अभिनेता शम्मी कपूरको आउछ । सन् १९६३ मा रिलिज फिल्म ‘ब्लफ–मास्टर’मा शम्मी युवतीको भूमिकामा देखिएका थिए । उनको चरित्रलाई दर्शकले निकै मनपराएका थिए ।

अभिनेता गोविन्दा जुनसुकै भूमिकामा न्याय दिने कलाकार हुन् । उनले धेरै फिल्ममा आफूलाई महिला गेटअपमा ढालिसकेका छन् । फिल्म ‘राजा बाबू’, ‘आन्टी नम्बर वान’ जस्ता फिल्ममा उनले महिला चरित्र निभाएका थिए ।

बलिउडका मिस्टर परफेक्शिनिस्टका रुपमा परिचित अभिनेता आमिर खान फिल्म ‘बाजी’को गीत ‘डोले डोले दिल’मा युवतीको भूमिकामा प्रस्तुत भएका छन् । उनलाई टाटा स्काइ र कोका–कोलाको विज्ञापनमा महिला लुक्समा देख्न सकिन्छ ।

बलिउडका ‘दबंग खान’ अर्थात् सलमान खानले फिल्म ‘जान–ए–मन’को एक छोटो दृश्यमा आफूलाई महिला चरित्रमा प्रस्तुत गरेका छन् । सन् २००६ मा रिलिज यो फिल्ममा सलमानसँगै अक्षय कुमार र प्रीति जिन्टाको पनि अभिनय थियो ।

अभिनेता श्रेयस तलपडेले फिल्म ‘पेइङ गेस्ट’मा महिलाको भूमिका निभाएका छन् । उनको महिला रुप हेरेर दर्शकले हलमा ताली नै बजाएका थिए । ‘महिला हुन सक्नु पनि एक कला नै हो’, महिला चरित्र निभाएपछि उनले भनेका थिए ।

अभिनेता कमल हासनले फिल्म ‘चाची ४२०’मा एक महिलाको भूमिका निभाएका थिए । उनको यो चरित्रलाई विशेषत बालबालिकाहरुले अत्याधिक रुचाएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १० : ०० बजे

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आयोजित ‘राजधानी मार्च’ (तस्बिरहरू)

काठमाडौं– लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका