सेसर अवार्डको स्टेजमा अभिनेत्री नांगिएपछि… « Khabarhub

सेसर अवार्डको स्टेजमा अभिनेत्री नांगिएपछि…


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सको ‘ओस्कार’ मानिने ‘सेसर अवार्ड’मा यसपटक एउटा अनौठो घटना भएको छ । फ्रान्सेली अभिनेत्री कोरिन्ने मासिइरो सरकारसँग माग राख्दै स्टेजमै पुगेर नग्न प्रदर्शन गरेकी छन् ।

बीबीसीका अनुसार कोभिड महामारीको मारमा परेका संस्कृतिलाई सरकारी सहयोगको माग राख्दै ५७ वर्षीया अभिनेत्रीले अवार्डको स्टेजमा पुगेर नग्न प्रदर्शन गरेकी हुन् ।

नग्न हुनु अघि उनले रगतले पोतिएको गधाजस्तै पहिरन लगाएर उनी स्टेजमा पुगेकी थिइन् । उनलाई आयोजकले भौतिक दुरी कायम गरिएको अवार्डमा ‘बेष्ट कष्ट्युम’ विधाको अवार्ड दिन बोलाएका थिए ।

तर स्टेजमा पुग्नासाथ लुगा खोलेर नांगिएपछि कन्सर्ट हलमा उपस्थित दर्शक चकित परेका थिए । उनले शरीरको अग्रभागमा ‘नो कल्चर, नो फ्युचर’ लेखिएको थियो ।

फ्रान्सेली प्रधानमन्त्री जिन कास्टेक्सलाई लक्षित गर्दै उनले शरीरको पछाडितिर ‘गीभ अस ब्याक आर्ट, जिन’ भन्ने सन्देश लेखिएको थियो । अवार्डमा उपस्थित अन्य अभिनेता तथा निर्देशकले पनि कोरिन्नेको जस्तै माग राखेका थिए ।

गत डिसेम्बरमा पेरिसमा सयौं संख्यामा अभिनेता, थिएटर निर्देशक, संगीतकार, फिल्म प्राविधिक र समीक्षकलगायतले प्रदर्शन गरेका थिए ।

कोभिडका कारण फ्रान्समा तीन महिना बढी समयदेखि फिल्म हल बन्द छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १० : ३५ बजे

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक