सेसर अवार्डको स्टेजमा अभिनेत्री नांगिएपछि… « Khabarhub

सेसर अवार्डको स्टेजमा अभिनेत्री नांगिएपछि…


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सको ‘ओस्कार’ मानिने ‘सेसर अवार्ड’मा यसपटक एउटा अनौठो घटना भएको छ । फ्रान्सेली अभिनेत्री कोरिन्ने मासिइरो सरकारसँग माग राख्दै स्टेजमै पुगेर नग्न प्रदर्शन गरेकी छन् ।

बीबीसीका अनुसार कोभिड महामारीको मारमा परेका संस्कृतिलाई सरकारी सहयोगको माग राख्दै ५७ वर्षीया अभिनेत्रीले अवार्डको स्टेजमा पुगेर नग्न प्रदर्शन गरेकी हुन् ।

नग्न हुनु अघि उनले रगतले पोतिएको गधाजस्तै पहिरन लगाएर उनी स्टेजमा पुगेकी थिइन् । उनलाई आयोजकले भौतिक दुरी कायम गरिएको अवार्डमा ‘बेष्ट कष्ट्युम’ विधाको अवार्ड दिन बोलाएका थिए ।

तर स्टेजमा पुग्नासाथ लुगा खोलेर नांगिएपछि कन्सर्ट हलमा उपस्थित दर्शक चकित परेका थिए । उनले शरीरको अग्रभागमा ‘नो कल्चर, नो फ्युचर’ लेखिएको थियो ।

फ्रान्सेली प्रधानमन्त्री जिन कास्टेक्सलाई लक्षित गर्दै उनले शरीरको पछाडितिर ‘गीभ अस ब्याक आर्ट, जिन’ भन्ने सन्देश लेखिएको थियो । अवार्डमा उपस्थित अन्य अभिनेता तथा निर्देशकले पनि कोरिन्नेको जस्तै माग राखेका थिए ।

गत डिसेम्बरमा पेरिसमा सयौं संख्यामा अभिनेता, थिएटर निर्देशक, संगीतकार, फिल्म प्राविधिक र समीक्षकलगायतले प्रदर्शन गरेका थिए ।

कोभिडका कारण फ्रान्समा तीन महिना बढी समयदेखि फिल्म हल बन्द छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १० : ३५ बजे

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु