सरकारमा सहभागी मन्त्रीलाई फिर्ता आउन नेकपा माओवादी केन्द्रको निर्देशन « Khabarhub

सरकारमा सहभागी मन्त्रीलाई फिर्ता आउन नेकपा माओवादी केन्द्रको निर्देशन


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारमा सहभागी मन्त्रीलाई फिर्ता आउन निर्देशन दिएको छ ।

आज सम्पन्न केन्द्रको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्व सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले वर्तमान सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीलाई २४ घण्टाभित्र फिर्ता आउन निर्देशन दिएको पनि श्रेष्ठले बताए ।

ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी माओवादी केन्द्रका तर्फबाट सरकारमा छन् ।

यस्तै बैठकले हिजो एमालेले केन्द्रीय सदस्य बनाइएका माओवादी केन्द्रका २३ जना नेतालाई पार्टी परित्याग गरेको हो कि होइन भन्ने लिखित जवाफ पार्टीमा पेस गर्न पनि निर्देशन दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो नेकपा (माओवादी केन्द्र)का रामबहादुर थापा ‘बादल’ सहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्का नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित गरेका थिए।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ११ : १४ बजे

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले

विपक्षीको बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल

पोखरा स्पोर्टस् अवार्ड : प्रदीप र नारायणी वर्ष उत्कृष्ट खेलाडी

कास्की – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज पोखरामा