जसपा र माओवादी केन्द्रका नेताबीच पेरिसडाँडामा छलफल « Khabarhub

जसपा र माओवादी केन्द्रका नेताबीच पेरिसडाँडामा छलफल


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका नेता बीचको छलफल शुरू भएको छ ।

छलफल नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा जारी छ ।

सत्ता समीकरण र आफ्ना मागबारे छलफल गर्न जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठलगायत पेरिसडाँडा पुगेका हुन् । माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ छलफलमा छन् ।

जसपाले हिजो कांग्रेससँग छलफल गरेको थियो । जसपाले तीन दल मिलेर केपी ओली नेतृत्व सरकारको विकल्प दिनुपर्ने प्रस्ताव कांग्रेससमक्ष राखेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा हिजो साँझ कांग्रेस र जसपाका शीर्ष नेताहरुको छलफलमा वर्तमान सरकारको विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अगाडि बढ्नु पर्ने प्रस्ताव आएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ११ : २२ बजे

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई

काठमाडौंका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरू हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत विद्यालय

जुम्लाका स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा दिन सकेनन्

जुम्ला – सरकारले स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं – झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन