राजनीतिक दल जनअपेक्षाअनुसार चल्न सकेनन्–बिजुक्छे « Khabarhub

राजनीतिक दल जनअपेक्षाअनुसार चल्न सकेनन्–बिजुक्छे


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिक दल तथा नेता आफ्नो उद्देश्यअनुसार चल्न नसकेको बताएका छन् ।

शहीद दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आयोजना गरेको चारदिने अन्तरनगर बुद्धिचाल प्रतियोगिता एवं भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिताको आज उद्घाटन गर्दै बिजुक्छेले भने, “राजनीतिक व्यक्तित्वमा नागरिक भावना कम हुँदै गएको छ, उनीहरुको उद्देश्य र व्यवहारमा भिन्नता देखिएको छ ।”

बुद्धिचाल खेल एक प्रकारको लडाईं हो भन्दै उनले अहिले राजनीतिमा अस्वस्थ्य लडाईं चलेको र जनअपेक्षाको उपेक्षा भएको टिप्पणी गरे ।

विद्यालयस्तरमा भक्तपुर नगरले लागू गरेको स्थानीय पाठ्यक्रममा नागरिक भावना र देशभक्तिपूर्ण पाठ समावेश गरिनुपर्ने बताउँदै उनले खेलाडीले खेलकूदका माध्यमबाट देशलाई चिनाउने अवसरका रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष बिजुक्छेले खेलकूद मित्रता र शारीरिक स्वस्थताका लागि अपरिहार्य रहेको बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरलाई बुद्धिचाल खेलमार्फत चिनाउन र खेलाडीलाई उत्साहित बनाउन प्रतियोगिता आयोजना गरेको चर्चा गरे ।

वाग्मती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईंले तीस वर्षमा शासक दलले नेपालीको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको बताउँदै उनले दुर्गम जिल्लामा भोकमरी, अशान्ति, हत्या, हिंसाको समस्या जस्ताको तस्तै रहेको बताए ।

त्यसअवसरमा भनपाका उपप्रमुख रजनी जोशी, भनपा–७ का वडाध्यक्ष उकेश कवां, नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष एकलाल श्रेष्ठ, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापा, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठ, घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजा, भनपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलगायतले यस प्रकारको प्रतियोगिताले खेलाडीमा बौद्धिकता विकासमा टेवा पुर्‍याउने बताए । अन्तर नगर बुद्धिचाल प्रतियोगितामा २२ नगरपालिकाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  २ : ३५ बजे

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन

रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

काठमाडौं – ​भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

सिरहा – सिरहा प्रहरीले आठ ग्राम ८० मिलीग्राम अवैध लागुऔषध