अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्न होइन : प्रचण्ड | Khabarhub Khabarhub

अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्न होइन : प्रचण्ड


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको स्पष्ट पारेका छन् ।

प्रकाश बिकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन गर्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको र अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्न नभएको स्पष्ट पारेका हुन् ।

सबैको हक अधिकार स्थापित गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाई भएको उनले जिकिर गरे ।

उनले यसअघि पनि पटक पटक आफूलाई राक्षस प्रवृत्तिको भन्दै चित्रण गर्न खोजेको भन्दै प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताए ।

आफूलाई पटक–पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफूलाई जोगाएको बताउँदै प्रचण्डले अबको आन्दोलन पनि निरंकुशता र जनताकै अधिकारका लागि भएको बताए ।

त्यस्तै, प्रचण्डले जनताको बिचार सही भए सही नेता चुनिने र बिचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ४ : १८ बजे

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

लमजुङ– लोपोन्मुख घाटु नाचलाई गुरुङ संस्कृतिको धरोहरका रूपमा लिने गरिन्छ

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरी छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुक समृद्ध

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी– गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने

अपडेट : इजरायली हमलाबाट गाजामा १०३ जनाको मृत्यु

गाजा पट्टी- इजरायली आक्रमणमा गाजा पट्टीभरि शनिबार रातभर र आइतबारसम्म

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

काठमाडौं–  प्रतिनिधिसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’