नेकपा एमालेको माधव नेपाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला « Khabarhub

नेकपा एमालेको माधव नेपाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

एमालेका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल निकट केन्द्रीय सदस्यहरुको आज (शनिवार) बसेको अनौपचारिक बैठकले कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार आगामी चैत ४ र ५ गते कार्यकर्ता भेला बोलाउने निर्णय गरिएको हो ।

भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य लगायतलाई बोलाइएको छ ।

यस्तै नेपाल समूहको आजको बैठकले प्रदेश इन्चार्ज समेत तोकेको छ ।

बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी भीम आचार्यलाई दिएको छ भने प्रदेश २ को इन्चार्जमा घनश्याम भुसाल तोकिएको छ ।

यस्तै बाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई तोकेको छ । उनलाई महिला विभागको जिम्मेवारी समेत दिइएको छ ।

साथै बैठकले गण्डकी प्रदेशको इन्चार्ज सुरेन्द्र पाण्डेलाई तोकेको छ । युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली प्रदेशको जिम्मेवारी दिइएको छ ।

यस्तै बैठकले रघुजी पन्तलाई युवा इन्चार्ज, गोकर्ण विष्टलाई विद्यार्थी इन्चार्ज र योगेश भट्टराईलाई प्रचारप्रसार विभागको जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ४ : ३५ बजे

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई

काठमाडौंका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरू हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत विद्यालय

जुम्लाका स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा दिन सकेनन्

जुम्ला – सरकारले स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं – झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन

चन्द्रगढी महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

झापा – मेची रङ्गशालामा जारी प्रथम ‘ओमसाई पाथिभरा चन्द्रगढी महिला