नेकपा एमालेको माधव नेपाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला « Khabarhub

नेकपा एमालेको माधव नेपाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

एमालेका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल निकट केन्द्रीय सदस्यहरुको आज (शनिवार) बसेको अनौपचारिक बैठकले कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार आगामी चैत ४ र ५ गते कार्यकर्ता भेला बोलाउने निर्णय गरिएको हो ।

भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य लगायतलाई बोलाइएको छ ।

यस्तै नेपाल समूहको आजको बैठकले प्रदेश इन्चार्ज समेत तोकेको छ ।

बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी भीम आचार्यलाई दिएको छ भने प्रदेश २ को इन्चार्जमा घनश्याम भुसाल तोकिएको छ ।

यस्तै बाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई तोकेको छ । उनलाई महिला विभागको जिम्मेवारी समेत दिइएको छ ।

साथै बैठकले गण्डकी प्रदेशको इन्चार्ज सुरेन्द्र पाण्डेलाई तोकेको छ । युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली प्रदेशको जिम्मेवारी दिइएको छ ।

यस्तै बैठकले रघुजी पन्तलाई युवा इन्चार्ज, गोकर्ण विष्टलाई विद्यार्थी इन्चार्ज र योगेश भट्टराईलाई प्रचारप्रसार विभागको जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ४ : ३५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र