अफगानिस्तानको हेरातमा कारबम बिस्फोट, आठ जना मारिए « Khabarhub

अफगानिस्तानको हेरातमा कारबम बिस्फोट, आठ जना मारिए


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेरात– पश्चिम अफगानिस्तानमा शुक्रबार भएको एक शक्तिशाली कारबम बिस्फोटमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अरु दर्जनौं व्यक्ति घाइते भएका छन् ।

सर्वसाधारणलाई लक्षित गरी आक्रमण भएको भन्दै संयुक्त राष्ट्रसङ्घले निन्दा एवं खेद व्यक्त गरेकै समय पछिल्लो आक्रमण भएको छ ।

हेरातस्थित प्रहरी मुख्यालयलाई लक्षित गरी कारबम बिस्फोट गराइएको प्रहरीले जनाएको छ । हेरातका प्रान्तीय गभर्नरका प्रवक्ता जेलानी फरहादका अनुसार बम बिस्फोटबाट दर्जनौं घर र पसलहरु नराम्रोसँग क्षतिग्रस्त भएका छन् ।

मृत्यु हुनेहरुमा महिला, बालबालिका र सुरक्षाकर्मी रहेको प्रवक्ता फरहादले बताए । उनले बम बिस्फोटबाट ४७ जना घाइते भएका र उनीहरुको हेरातका अस्पतालहरुमा उपचार भइरहेको जानकारी दिए ।

अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले हेरातमा भएको बिस्फोटसँग आफ्नो समूहको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् ।

तर, तालिबानका लडाकूहरु यस राज्यमा निकै सक्रिय छन् र हालैका दिनहरुमा उनीहरुले सुरक्षाफौजलाई लक्षित गरी धेरैवटा हमला गरिसकेका छन् ।

राष्ट्रपति अश्रफ घानीले हेरात बिस्फोटका लागि तालिबान दोषी रहेको बताएका छन् । राष्ट्रपति घानीले एक वक्तव्य प्रकाशन गरी तालिबान समूहले आफ्नै जनतामाथिको अवैधानिक युद्धलाई निरन्तरता दिइरहेको र उनीहरुले वर्तमान सङ्कटको शान्तिपूर्ण समाधानका लागि पहल नगरेको उल्लेख गरेका छन् ।

हालैका महिनाहरुमा अफगानिस्तानमा हिंसात्मक घटनाहरु बढ्दै गएका छन् । सरकार र तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि तालिबान समूहले पत्रकार, अधिकारवादीहरु र सरकारी कर्मचारी, वकील लगायतलाई लक्षित गरी आक्रमण गरिरहेका छन् ।

गत शुक्रबार, राष्ट्रसंघीय सुरक्षा परिषदले अफगानिस्तानमा नागरिक–लक्षित आक्रमणलाई लिएर कडा शब्दमा निन्दा एवं भर्त्सना गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिबान र अमेरिकाबीच भएको सम्झौताको समीक्षा गरिरहेको बताउँदै आएका छन् ।

–एएफपी

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ४ : ४८ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार