प्रचण्ड–नेपाललाई ओलीको व्यङ्ग्य : माकुराको जालोमा भैँसी पर्दैन | Khabarhub Khabarhub

प्रचण्ड–नेपाललाई ओलीको व्यङ्ग्य : माकुराको जालोमा भैँसी पर्दैन

'पार्टी बैठकमा अनुपस्थित भइरहे कारवाही हुन्छ'


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठकमा लगातार अनुपस्थित भइरहने नेताहरूलाई विधानअनुसार कारवाही गर्ने बताएका छन् ।

शनिबार एमाले निकट अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीले माधव–खनाल समूहलाई लक्षित गर्दै चैत ७ गतेको बैठकमा उपस्थित नभए कारवाही गर्ने चेतावनी दिएका हुन् ।

उनले भने ‘मैले सुने उहाँहरु अदालतको निर्णयपछि पेरिसडाँडाबाट रूवाबासी गर्दै बानेश्वरको अर्याल होटलसम्म आएर बस्नुभएको छ रे । दुई चार दिन त्यहाँ बस्नुहुन्छ होला त्यसैले हामीले पार्टीको बैठक चैत्र ७ गते राखेका छौँ । उहाँहरुलाई समय मिलोस् भनेर ।’

ओलीले पार्टी बैठकमा अनुपस्थित भइरहे पार्टी विधानअनुसार हटाउन सक्ने चेतावनी समेत दिए ।

देश र जनताको लागि काम गर्ने आफ्नो पार्टीको विकल्प नभएको उनले दाबी गरे । कुलंगारहरू दुई तिहाईको सरकार ढालेर टालाटुलीको सरकार बनाउनतिर लागेको भन्दै ओलीले देश बिगार्ने तत्वहरूलाई जनताले निर्वाचनमा देखाउने समेत बताए । उनले आफ्नो नेतृत्वको सरकारले जनताको पक्षमा काम गरिरहेको दाबी गरे । विकास निर्माणमा समेत देशले फड्को मारेको उनले बताए ।

प्रधानमन्त्री ओलीले कसैलाई प्रधानमन्त्री भइदिनुहोस् भनेर निवेदन हाल्न नजाने पनि बताए । उनले भने, ‘विकास विरोधीहरूले जति खुट्टा ताने पनि सक्दैनन् ।’

माधवहरू ओलीलाई हटाउन पर्‍यो भनेर जोगीले झैँ घरघर चहार्दै हिँडिरहेको आरोप उनको भनाइ छ । ‘हामी कसैलाई प्रधानमन्त्री भइदिनुहोस् भनेर निवेदन हाल्न जाँदैनौ । हामी बाहेक देश विकास गर्ने कोही पार्टी हुँदैन’ उनले भने, ‘झगडियाहरूको ताल कस्तो हुँदो रहेछ देखियो । पार्टीमा विधि र पद्धतिको कुरा गर्नेहरूको ताल पनि देखियो ।’

‘नेता कार्यकर्ताको स्वार्थ जनताको लागि मात्रै हुनुपर्छ । तर, देश र जनतालाई भन्दा आफ्नो स्वार्थलाई महत्व दिनेहरूको कारण अहिलेको समस्या देखिएको छ ।’ उनले भने ।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव कुमार नेपाल समूहलाई लक्षित गर्दै झगडियाहरूले, नक्कली लोकतन्त्रवादीहरूले हाउभाउसहित भाषण गर्दै हिँडेको आरोप लगाए ।

‘चुनाव भयो भने संविधान र लोकतन्त्र मासिन्छ रे । ताजा जनादेशमा जान खोज्दा लोकतन्त्र खत्तम भयो भनेर लागे’ उनले भने, ‘चुनावमा जाने हो भने यिनीहरूले धुलो चाट्छन् । त्यसैले डर भयो होला ।’

उनले माकुराको जालोमा भैँसी नपर्ने भन्दै ब्यङ्ग्य पनि गरे ।

‘हामी धेरै सजिला अप्ठ्याराहरु झेलेर आएका छौं । जेलनेल, भूमिगत, दमन, लडाइँ–झगडा खेपेर त्यसविरुद्ध लडेर आएका छौं,’ अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको भेलामा ओलीले भने, ‘त्यसकारण म भन्ने गर्छु माकुराले थापेको जालोमा भैसी पर्दैन । अहिले पनि माकुराहरूले थुप्रै जालो थापे । तर गैडा सुरु–सुरु अघि बढ्छ । जालो कहाँ थियो, त्यसले थाहै पाउँदैन । हामी देश विकासको कुरा हेरेर अघि बढेका छौं ।’

प्रचण्ड–माधवलगायतलाई संकेत गर्दै उनले भने,‘ माकुराले कहाँ जालो थापेको छ ? जालो चुँडाएपछि ऊ कराउन थाल्छ – जालो चुडिँयो, यसरी चुडाउन पाइँदैन भन्छ । उसले थापेको जालो नै थाहै नपाई चुँडिने खालको छ त म के गरौं ?’

उनले ताजा जनादेशमा जाने कुराले संविधान र लोकतन्त्रको रक्षा हुने दाबी गरे ।

उनले कसैको हिम्मत भए सरकारबाट हटाउन चेतावनी समेत दिए । ‘जालझेल गरेर कसैले हटाउन सक्छ भने हटाओस् । २० महिनापछि फेरि नेकपा एमालेको तर्फबाट चुनावमा गएर दुई तिहाई बहुमतको साथ सिंहदरबार फर्किन्छु’ उनले भने, ‘हामी सत्ताको लागि होइन जनताको पक्षमा छौँ । त्यसैले हामीलाई प्रतिपक्षमा बस्न कुनै समस्या छैन।’

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ५ : ०८ बजे

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला

बनेपामा सकेट बम भेटियो, सुरक्षा सतर्कता बढाइयो

काभ्रे – काभ्रेपको बनेपा नगरपालिका–९ नयाँ बस्तीमा बुधबार साँझ सकेट

जंगीअड्‍डाको गेटमा जेन-जीलाई माइकिङ : यसरी झगडा नगर्नु, ‘ग्रुप लिडर’को नाम ट्याक्क लेखेर हामीलाई दिने

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेले दुईतिहाइको सरकारलाई सदुपयोग गर्न

काठमाडौं उपत्यकामा २७ गते बिहानसम्म कर्फ्यु आदेश जारी

काठमाडौं – जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले काठमाडौं उपत्यकाको