विभिन्न हातहतियार र बँदेलको दाँत घरमा ‍राख्ने एक पक्राउ « Khabarhub

विभिन्न हातहतियार र बँदेलको दाँत घरमा ‍राख्ने एक पक्राउ


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– घरमा विभिन्न हातहतियार लुकाई राखेको भेटिएपछि राप्ती सोनारी गाउँपालिका-५ जबरपुरका ६८ वर्षीय ऋषिराम थारु पक्राउ परेका छन् ।

दुई नाले १२ बोरको बन्दुक १ थान, भरुवा बन्दुक २ थान, १२ बोरको खोका ३८ वटा, काटेको गोली १२ वटा, बारुद १ केजी, फलामको नाल २ थान, चित्तलको सिङ ४ वटा र बँदेलको दाँत १ वटासहित उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले ऋषिरामको घर तलासी गर्दा उक्त हातहतियार फेला परेको जनाएको छ ।

साथै थप अनुसन्धानको क्रममा सोही कार्यालयबाट खटिएको प्रहरीले ऋषिरामका भाइ लालबहादुर थारुको घर तलासी गर्दा १ थान कटुवा पेस्तोल, थ्रीनटथ्री राईफलको गोली २ थान, एसएलआर राईफलको गोली १ थान र भरुवा बन्दुकको खाली नाल १ थान फेला पारी बरामद गरेको छ ।

हाल फरार लालबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : १५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना