कञ्चनुपरमा १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार « Khabarhub

कञ्चनुपरमा १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा १४ वर्षीय एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । जिल्लाको पुनर्वास नगरपालिका २ की किशोरीमाथि सामुहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

हिजो साँझ कलम किन्न पसल जाने क्रममा उनी अपहरणमा परेकी थिइन् । अपहरणमा परेकी ती किशोरीलाई प्रहरीले राति ११ बजे फेला पारेको थियो ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका ३ जना युवाले आफूलाई अपहरण गरी अज्ञात स्थलमा लगेर बलात्कार गरेको किशोरीले बताएकी छिन् । उनीहरुले ती किशोरीलाई मध्यरातमा सोही ठाउँमा छोडेर भागेका थिए ।

किशोरीले आफूमाथि सामुहिक बलात्कार भएको बताएपछि प्रहरीले यसबारेमा थप अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ०१ बजे

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६