साउदीमा कफाला ‘सिस्टम’को अन्त्य « Khabarhub

साउदीमा कफाला ‘सिस्टम’को अन्त्य

आजदेखि नै रोजगारदाताको अनुमति बिना श्रमिकले देश छोड्न पाउने


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको साउदी अरेबियाले नयाँ युगको आरम्भ गरेको छ।

ऐतिहासिक श्रम सुधारले लाखौं नेपालीसहित आप्रवासी कामदारहरूलाई मार्च १४ अर्थात आज आइतबारदेखि स्वतन्त्रता प्रदान गरेको छ।

साउदीले काफला प्रायोजन प्रणालीमा परिवर्तन अन्तर्गत, निजी क्षेत्रका विदेशी कामदारहरूले रोजगारीको गतिशीलता सुधार गर्नेछन् । रोजगारी परिवर्तन गर्न र रोजगारदाताहरूको स्वीकृति बिना देश छोड्न पाउने छन् ।

कपाला प्रणालीबाट लाभ लिन करारमा रहेकाले १ वर्ष पुगेपछि र करार नभएका वा म्याद सकिएकाले तत्काल नयाँ रोजगारदाता कम्पनीमा जान सक्ने साउदीको मानव संशाधन तथा समाज विकास मन्त्रालयका वरिष्ठ अधिकारी सत्ताम बिन अमेर अलहर्बीलाइ उद्धृत गर्दै अरब न्युजले जनाएको छ ।

यसले आप्रबासी कामदारहरूलाई सरकारी सेवाहरूको लागि सीधा आवेदन दिन अनुमति दिनेछ, उनीहरूको रोजगार सम्झौताहरू डिजिटल रूपमा कागजातसहित प्रतिस्पर्धी र निष्पक्षतालाई बढावा दिनेछ ।

यसका लागि मन्त्रालयले वेभमै सामान्य अवस्थाका आवेदकका लागि Job Mobility Services र विवाद (मुद्दा भएका)का लागि Labor Disputes प्लेटफर्महरू बनाइ प्रयोगमा ल्याउनेछ र निश्चित प्रकृया र सरकारी दस्तुर तिरेर यो सेवा सुविधा लिनसक्नेछन । रोजगार परिवर्तनको शुल्क नयाँ रोजगारदाताले तिर्नुपर्ने छ ।

साथै आइतबारदेखि नै अब साउदी बाहिर बिदामा या घुमफिरमा जान पनि रोजगारदाताको स्वीकृति आवश्यक नपर्ने, मन्त्रालयमै आवेदन दिएर स्वीकृत भएपछि साउदी बाहिर जान सक्ने पनि जनाइएको छ ।

साउदीमा रोजगाररत ७० लाख आप्रबासी कामदारमा मौजुदा कफाला सिस्टम अन्त हुन लागेको यो खबरले खुशी छाएको छ । साउदीमा विभिन्न क्षेत्रमा गरी साढे ३ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन् । साउदी सरकारले गरेको यो निर्णयले नेपाली कामदारलाई पनि फाइदा पुग्ने अपेक्षा गरिएको छ।

यी शर्तहरू पूरा गरेपछि सजिलै कम्पनी परिवर्तन गर्न सकिन्छ

– कामदारहरूले शुरूको रोजगारदाता कम्पनीमा कम्तिमा १ वर्ष काम गरिसकेपछि रोजगारदाता परिवर्तन गर्न पाउँनेछन,
– कामदारसँग सरकारले प्रमाणिकरण गरिदिएको (Notorized) करार पत्र (Agreement) हुनुपर्नेछ,
– नयाँ रोजगारदाताले मन्त्रालयको Qiwa वेभसाइटमा नयाँ रोजगारका लागि विज्ञापन गरेको हुनुपर्नेछ र सो को सूचना मन्त्रालयले कामदारको हालको रोजगारदातालाइ दिएर रोजगारदाता परिवर्तन सेवा माग्नेछ,
– नयाँ रोजगारदाताले साउदी अरबको प्रचलित कानुन बमोजिम पूर्णतः बैध रही कामदारहरूलाई नियमित तवरमा तलब सुविधा दिएको हुनुपर्नेछ, 

यस्तो अवस्थामा कामदारले रोजगारदाताको अनुमति बिनै नयाँ रोजगारमा जान पाउनेछन :

– हालको रोजगारदाताले ट्रान्सफरका लागि स्वीकृति दिएमा,
– साउदी प्रबेश गरेको ३ महिनासम्म पनि प्रमाणित करारपत्र नदिएमा,
– ३ महिनासम्म लगातार तलब नदिएमा,
– कम्पनी मालिक लामो समयदेखि विदेशमा रहेको, जेलमा परेको, मृत्यु भएको या अन्य कारण अनुपस्थित रहेकोमा,
– कामदारको इकामा म्याद सकिएकोमा,
– रोजगारदाता मानव तस्करीमा सरिक भएको या अन्य गैर कानूनी कार्य गरेको पाइएमा,
– कामदारका उजुरीमा श्रम अदालतले तारेकमा बोलाउँदा लगातार २ पटकसम्म अनुपस्थित रहेकोमा ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ११ : ४० बजे

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित