बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु « Khabarhub

बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी–महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डमा आइतबार साँझ यात्रुबाहक बसले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–७ बस्ने अन्दाजी २४ वर्षको राज मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

आइतबार साँझ करीब ५ बजेतिर जनकपुरबाट जलेश्वरतर्फ जाँदै गरेको ना ५ ख ६१३५ नम्बरको यात्रुबाहक बसले पिपरा गाउँपालिका–५ स्थित सडकमा विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्री मुखियालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनापश्चात् शव प्रहरीले परीक्षणका लागि गए राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ८ : ०८ बजे

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको